घाेकाउने हाेइन सिकाउने शिक्षक बन्न चाहन्छु

सन् २०१६/१७ मेरो जीवनको अहिलेसम्मकै अप्ठेरो समय रहन गयो । जुनबेला मैले काम छोड्नुपरेको थियो, एक अंग्रेजी दैनिक पत्रिकाबाट । म त्यहाँ रिपोर्टर थिएँ । त्यहि साल मेरो बुबालाई मस्तिष्कघात भएर पक्षघात हुन गयो । त्यसको दुई महिनापछि आमाको मुटको शल्यक्रिया गर्नुपर्‍यो । र हुँदाहुँदा म मास्टर्सको पढाइमा फेल भएँ । धन्न पछि परीक्षा दिएँ र पढाइ पूरा गरे ।

यी सबै कुराहरुले एकै साथ दुःख दिइरहेको बेला थियो । जिन्दगीमा कसरी अगाडि बढ्ने, के गर्ने, कसरी बाँच्ने ? बुबा आमालाई अब के हुन्छ ? चिन्तै चिन्ताले डर झनै बढाउँथ्यो । म कामको खोजीमा थिएँ । त्यो बेला भएभरको जेसुकै कामको विज्ञापन आउँदा पनि फारम भर्थें । त्यहि शिलशिलामा मैले टिच फर नेपालमा पनि आवेदन दिएको थिएँ । धेरै ठाउँबाट म छनोट भएका खबरहरू आउन थालेका थिए । केही दिनको समय राखिएको हुन्थ्यो । त्यहीमध्येको एक थियो टिच फर नेपाल पनि । मसँग विकल्प थिए, अब के रोज्ने भन्नेमा । मेलै निकै विचार गरें ।

मिडियाको अनुभव भइसकेकाले अरु नै क्षेत्रमा जान मन लाग्यो । नयाँ अनुभव पनि सँगाल्नुपर्छ भन्ने सोच पनि आइराखेको थियो । मलाई लेख्न एकदमै मनपर्ने भएकाले लेखक बन्ने मन पनि थियो । जुन चाहना अहिले पनि छ र पछि पनि रहिरहनेछ ।

मैले सन् २०१३ तिर उपन्यास लेखेँ र छाप्ने सन्दर्भमा मणी शर्मा दाईलाई भेटेँ । उहाँले नेपाली भाषामा मात्र छाप्ने बताएपछि म घर फर्किएँ । र पाँच दिनमै नेपाली टाइप सिकेर एक हप्ताभित्र त्यसलाई नेपालीमा अनुवाद गरेँ ।

केही दिनपछि दाईसँग भेटेँ । काठमाडौंको गणेशथानमा चिया खाँदै हामीले गफ गर्‍यौं । त्यसक्रममा दाइले मलाई अहिल्यै लेखिनहाल्न बरु धेरैभन्दा धेरै पढ्न र सम्भव भएसम्म धेरै ठाउँमा घुम्न सुझाव दिनुभयो ।

मैले पढ्ने क्रम बढाएँ । नेपाली पुस्तकहरू किनेर सक्दो धेरै पढेँ । मलाई पढ्ने बानी लगाउनुमा उहाँको ठूलो हात छ । मैले टिच फर नेपालमा पनि उहाँलाई रिफरेन्स राखेर आवेदन दिएको थिएँ । म छनोट भएपछि जिल्ला छान्ने क्रममा पनि उहाँले सकेसम्म पहाडी जिल्लामा जान सुझाव दिनुभयो । त्यहाँ जाँदा धेरै कुरा थाहा पाइने र नयाँ नयाँ कथाहरु पाइने उहाँको भनाइ थियो । अर्को कुरा तराई त अरुबेला पनि जान सकिन्थ्यो । पहाड जान सोचेजस्तो सजिलो नहुने दाइको भनाइ थियो । वास्तविक कथाहरू भेट्ने अभिलाषा समेत बोकेर म सिन्धुपाल्चोकमा पढाउन जाने निर्णयमा पुगेँ ।

दुई वर्षसम्म मैले सिन्धुपाल्चोकको श्री तेर्से मावि तालामाराङमा पढाएँ । ती दुई वर्ष मेले जानेका कुरा त विद्यार्थीलाई बाँडे नै तर त्यसभन्दा धेरै मैले नै सिक्न पाएँ । काठमाडौंमै जन्मे/हुर्केको म काठमाडौं बाहिर भनेको जम्मा विरगञ्ज गएको थिएँ । धेरै कुरा केही नै थाहा थिएन मलाई ।

सिन्धुपाल्चोकमा मैले केही नयाँ खालका काम पनि गरें र विद्यार्थीलाई मसँगै सहभागी पनि गराएँ । मैले ‘विद्यालय क्यान्टीन’ शुरु गरेँ‚ जसमा विद्यार्थी आफैँले सामान किन्थे । आफैँ भाँडा ल्याउँथे । आफैँ दाउरा खोजेर ल्याउँथे, आफैँ परिकार बनाएर विद्यालयमा बेच्थे । नाफाको पैसा आपसमा बाँड्थे । विद्यालयमा क्यान्टीन शुरुवात भयो ।

मैले त्यहाँ दिनदिनै सिकेका र गरेका कुराहरुको भ्लगिङ्ग शुरु गरेँ । मेरो दैनिक जीवनको भिडिओ बनाएर युट्युब र फेसबुकमा अपलोड गर्थें । त्यसले विदेशीहरुको पनि ध्यान तानेछ । मेरो भिडिओ हेरेर सिगांपुरका नागरिक मेरा साथी भए र मलाई भेट्न सिन्धुपाल्चोकमै आए । हाम्रो विद्यालयमा लाइब्रेरी बनाइदिए । अमेरिकाबाट यता स्वयंसेवकका रुपमा काम गर्न आएकाहरुले पनि सँगै काम गर्न प्रस्ताव पनि राखे । हामीले सहकार्य गर्यौं ।

करिअर एक्सपोजर टाइपको पढाइ मलाई पहिलेदेखि नै चित्त बुझ्दैन थियो । विद्यालयमा प्रायः शिक्षकहरुले धेरै नम्बर ल्याउने र पाठ घोक्ने विद्यार्थीलाई मात्र ध्यान दिने र किताबी पढाइमा अलि कमजोर र औसत खालको विद्यार्थीमा शिक्षकको ध्यान कमैमात्र जाने गर्नाले त्यस्ता विद्यार्थी सधैँ पछाडिको पछाडि नै रहन्थे । मलाई यो कुरा फिटिक्कै मन पर्दैन थियो । म पनि एक औसत विद्यार्थीमात्र थिएँ विद्यालयमा ।

यसो हुनुमा ममात्र दोषी हुँ कि मेरा शिक्षकहरू पनि ? त्यो मलाई थाहा छैन । सन् २००७ मा पहिलो श्रेणीमै एसएलसी पास गरेँ । तर मलाई यो कुराले पिरोलिरहन्थ्यो कि कुनै न कुनै शिक्षकले ममा पनि कुनै उत्सुकता जगाइदिए, जिन्दगीको अर्को आयाम र पाटो देखाइदिए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो । पढाइमा औसतमात्र भएपनि केही न केही बन्न सकिने भन्ने कुरामा प्रोत्साहन गरेको भए, अलिकति हौसला बढाइदिएको भए शायद जिन्दगीले आज अर्कै मोड पो लिएको हुन्थ्यो कि भन्ने सोचेरै मैले म शिक्षक बनेपछि त्यो कुरामा खुबै ध्यान पुर्‍याएँ ।

मैले मेरा सबै विद्यार्थीलाई बराबरी प्रोत्साहन गर्छु भन्ने अठोट लिएँ । र मैले नपाएको त्यो वातावरण म मेरा विद्यार्थीलाई उपलब्ध गराउँछु भनेर अगाडि बढेँ । एसएलसी दिएपछि मेरा विद्यार्थीलाई मैले उनीहरुको करियरलाई विचार गरेर विभिन्न ठाउँमा लैजाने र सम्बन्धित मानिसलाई भेटाइदिने योजना बनाएँ । मैले पढाउने विद्यालय दुर्गम भएकाले त्यहाँबाट सबैलाई भेट्न सम्भव थिएन । विद्यार्थी र अभिभावकले मात्र पनि त्यो पहल गर्न सम्भवै थिएन । मैले यसमा अग्रसरता लिएँ र प्रधानाध्यापकबाट अनुमति लिएँ । मैले मेरो एकजना अमेरिकी साथीलाई यसबारेमा सुनाएँ‚ उसले योजना मन परायो ।

मैले त्यस्ता ठाउँहरू खोजेँ‚ जहाँ मेरा विद्यार्थीले आफ्नो भविष्यको पढाइ र काम अर्थात् आफ्नो करियरबारे थाहा पाउन् र निर्णय गर्न सकुन् । धेरै ठाउँमा प्रस्ताव राखेँ । कतिपयले एकदमै राम्रो सहयोग गर्नुभयो भने कतिपयले भेट्न पनि मान्नुभएन । कतिपयले अनुमति दिनुभएन । मैले आइडिया सेयर गरेकामध्ये कतिपयले सहयोग पनि गर्नुभयो । कतिपयले हौसला दिनुभयो त कतिपयले यो पार लाग्दैन भनेर हतोत्साही पनि बनाउनुभयो ।

२०७६ को वैशाखमा ५० जना विद्यार्थीलाई काठमाडौंका १७ वटा ठाउँमा लिएर गएँ‚ जहाँ उनीहरुले ती कामहरूबारे विस्तृतमा जानकारी पाउँथे । त्यो पहिलो पटकको प्रयास सफल भएपछि त्यहि वर्षको भदौ र पुसमा ५०/५० गरी १०० जना विद्यार्थीलाई फेरि काठमाडौंमा लगेँ । गएको वर्ष अर्को तीनवटा ट्रिप गरियो । यो पाली हामीले सिन्धुपाल्चोक जिल्लाको ५ वटा विद्यालयका विद्यार्थीलाई लग्यौं । यो करिअर एक्सपोजर ट्रिपलाई धेरैजनाले मन पराउनुभयो र साथ दिनुभयो । ६ पटक गरेर ३०० जना विद्यार्थीले अवसर पाए । र केही कुरा सिक्न पाए । आ-आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेका प्रभावशाली व्यक्तित्वहरुलाई उनीहरुले भेट्न पाए, उहाँहरुका कुरा सुने र प्रश्नहरु पनि सोध्न पाए । यसले धेरै नै कुरा सिक्न पाएको भनेर विद्यार्थी अभिभावक र शिक्षक साथीहरु पनि खुशी हुनुभयो । सबैको सहयोगले यो सम्भव भएको थियो । मलाई यसपछि धेरैजनाले अवसर दिने शिक्षक भनेर बोलाउँछन्‚ एकदमै खुसी लाग्छ ।

मेरो कामलाई मन पराएर इस्लिङ्टन कलेजका संस्थापक सुलभ बुढाथोकी सरले पाँचजना विद्यार्थीलाई जेभियर कलेजमा छात्रवृत्तिमा प्लस टूसम्म पढ्ने व्यवस्था गरिदिनुभयो । गेट कलेजका संस्थापक खेम लकाईं सरले ४० जना विद्यार्थीलाई आफ्नै कलेजमा छात्रवृत्ति मिलाइदिनुभएको थियो तर कोरोनाका कारण त्यसले सार्थकता पाउन सकेन । आशा छ कि आउने दिनमा उहाँले यस्ता अवसर फेरि पनि दिनुहुनेछ ।

म सिंगापुरका राष्ट्रपति ली क्युनबाट धेरै प्रभावित छु । उहाँको किताब फ्रम थर्ड वर्ल्ड टू फर्स्टले किनै प्रभाव पारेको छ । मलेसियाले छाडेको त्यस्तो गरिब क्षेत्रलाई ४० वर्षमा उनले कहाँ पुर्‍याए ? परिवर्तन त सम्भव रहेछ नि ! मलाई यस्ता कुराहरुले धेरै प्रेरणा दिन्छ । म यस्तै कुराहरू मेरा विद्यार्थीलाई पनि सुनाउने र देखाउने गरेको छु ।

यस्ता केही कुराहरू गर्न सक्दा अलि फरक प्रभाव पर्ने रहेछ । आखिर शिक्षक भनेको सिकाउने मान्छे हो । पुस्तकमा भएका कुरा पढाउने वा रटाउने र कण्ठ गरेको सुन्नेमात्र त होइन नि भन्ने मलाई लाग्छ । म यसैअनुसार अघि बढिरहेको छु ।

सिन्धुपाल्चोकको तालमाराङ्गमा हुँदा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू सबैको सहयोग पाएको थिएँ । विद्यार्थीहरू पनि उस्तै मेहनती र उत्सुक थिए । म सधैं उनीहरुलाई सम्झिरहेको हुन्छु ।

सिन्धुपाल्चोकको बसाइ सकिएपछि अहिले फेरि म पढाउन/सिकाउन माथिल्लो डोल्पाेको कृस्टल माउन्टेन विद्यालयमा पुगेको छु । यता आएको दुई महिना भयो ।

यसक्रममा मैले पढाउने वा सिकाउनेभन्दा पनि धेरै सिक्ने अवसर पाइरहेको छु । यसबारेमा मैले मकालुखबरमा एउटा ब्लग लेखेको थिएँ । त्यो पढेर पनि धेरैजनाले मलाई हौसला दिनुभयो । यसले म झनै प्रोत्साहित भएको छु ।

यहाँका विद्यार्थीलाई पनि त्यस्तै अवसर दिने चाहना छ । मैले उनीहरुलाई त्यो पुरानो करिअर इक्स्पो ट्रिपको भिडिओहरू देखाएँ । उनीहरू खुसी भएका छन् र उत्साही पनि । उत्सुक हुनु विद्यार्थीको राम्रो गुण हो । कुनै पनि कुरामा जब मानिस उत्सुक हुन्छ तब मात्र उसले सिक्न सक्छ र मनैदेखि मन लगाएर सिकेको कुरामात्रै उसको दिमागमा रहिरहने हो ।

पुरै नेपालभरका विद्यार्थीलाई यस्ता अवसरहरू उपलब्ध गराउन सके केही हुने थियो भन्ने लाग्छ । शैक्षिक भ्रमणहरुलाई अझ प्रभावकारी बनाउन नसकिएको जस्तो लाग्छ । कतै जाने घुम्ने र रमाउनेमात्र होइन‚ सिक्ने कुरामा पनि जोड दिन जरुरी छ ।

प्रभावशाली व्यक्तित्वहरुका कुराकानी सुन्दा‚ उनीहरुका प्रेरणा सुन्दा विद्यार्थीको दिमागमा गहिरो छाप पर्न सक्छ । यस्ता अवसर, हौसला र प्रेरणा पाए भने जस्तोसुकै विद्यार्थीलाई पनि हौसला मिल्छ । जिन्दगीमा केही न केही गर्न सक्छ । मलाई कुनै पनि विद्यार्थी कमजोर हुन्छ भन्ने लाग्दैन । सबै विद्यार्थीमा केही न केही प्रतिभा लुकेकै हुन्छ । त्यसलाई पहिल्याउन सके र त्योअनुसार उसलाई गाइड गर्न सके जस्तोसुकै विद्यार्थी पनि चमत्कार गर्न सक्छ भन्ने कुरामा विश्वास गर्छु म । यसका लागि उनीहरुलाई केवल हौसला र अवसर आवश्यक पर्छ र त्यो हामी शिक्षकले, अभिभावकले दिन सक्छौं ।

मलाई सधैंभरी शिक्षा क्षेत्रमा लाग्न मन छ । केही योजनाहरु पनि छन् । विद्यार्थीलाई नै प्रशिक्षण दिएर उनीहरुलाई नै शिक्षक बन्न लगाउने । अवसरहरू प्रदान गर्ने । उनीहरुको रुची थाहा पाउने र त्यसका लागि कहाँ जाने, कसलाई भेट्ने, के गर्ने भन्ने खालका कुरामा सहजीकरण गरिदिने । सबैलाई डाक्टर वा पाइलट वा इन्जिनियर बन्ने सपना देख्न बाध्य नबनाउने । आफ्ना सपनाहरू उनीहरुमाथि नलाँद्ने । स्वतन्त्र रुपमा छोडिदिने ।

कोही शिक्षक बनून्‚ त कोही व्यवसायी । कोही प्रहरी बनून् त कोही मिडियातिर लागुन् । कोही चलचित्रतिर जाउन् त कोही खेल क्षेत्रमा आफूलाई चिनाउन् । आफूलाई मन लागेको क्षेत्रमा लागून् । हामी उनीहरुलाई सहयोग गरिरहन पाऊँ‚ अनि पो एउटा शिक्षक पनि शिक्षकजस्तो हुन पाउँथ्यो होला त ।

मलाई पढाउने वा रटाउने‚ सोध्ने अनि नजाने ठटाउने खालको होइन‚ सिकाउने खालको शिक्षक बन्न मन छ । के सकौँला र ?

लेखकबाट थप : सिकाउन गएको म स्वयम् सिकिरहेछु

यादको एल्बम पल्टाएर हेर्दा

‘मैले त पापाको अनुहार नै बिर्सिसकेँ । पापाको फोटो पठाउनू न नाना ।’ भाइले भन्यो ।

म अवाक् भएँ । वर्षौंपछि भाइले म्यासेन्जरमा मागेको थियो, पापाको सिङ्गल फोटो ।

सम्झियोस् पनि कसरी ? पापा ईश्वरको देशको यात्रामा निस्कँदा ऊ जम्माजम्मी पाँच वर्षको थियो । अचानक आएको म्यासेजको बदलामा जवाफमा फोटो पठाऊँ कि शब्द ? आँखामा बादल डम्म लागेजस्तो भयो । फोनको स्क्रीन धमिलो देखेँ ।

यादको पत्रहरु खापिँदै जाँदा पापाको सम्झना धमिलो हुँदै गएको थियो । भाइले यसरी पापाको प्रसंग झिक्दा म कसो कसो बगेछु, आँखाबाट ।

मेरो स्मृतिको ग्यालरीमा कहिल्यै डिलिट नहुनेगरी बसेको फोल्डरमा छन् पापा । पापासँगका बाल्यकालीन घटना, किस्साका थुप्रै फाइल छन् त्यो फोल्डरमा । भाइको अनुरोधले मलाई त्यो फोल्डर खोल्न उत्प्रेरित गर्‍यो । फाइलहरू एक–एक गरी खोल्दै गएँ । प्रत्येक जस्तो फाइल किस्साहरुले भरिएका भेटेँ ।

किस्सा नं. १

त्यतिबेला अहिले जस्तो मोबाइल थिएन । झन् एन्ड्रोइड मोबाइलको त कल्पनै थिएन । फोटो खिचेर यादको संग्रहालयमा राख्न पापाले पानासोनिक ब्रान्डको ३६ वटा रिल भएको क्यामेरा ल्याउनुभएको थियो । त्यो हाम्रो ठूलो पापाले गिफ्ट दिनुभएको थियो । ठूलो पापालाई पनि कतैबाट गिफ्ट आएको थियो । पापाले सेकेन्डह्यान्ड गिफ्ट पाउनुभएको थियो । सेकेन्डह्यान्ड गिफ्ट पाउँदा पनि पापा निकै फुरुङ्ग हुनुभएको कुरा उहाँका चम्किला आँखाले बताइरहेको थियो । फोटो खिच्नु, धुलाउनु, सिसाको फ्रेममा सजाउनु, भित्तामा टाँग्नु पापाको सोख थियो । यस्तो सोख पापाका अनेक थिए । जस्तो कि, बाटोमा हिड्दै जादा अलिक फरक आकारको ढुङ्गा देखे टिपेर घरमा ल्याउने । मन परेका गितका पङ्क्तिहरू डायरीका पानामा टिप्ने । सायरीका टुक्रालाई सुन्दर अक्षरले घरका भित्तामा लेख्ने । कुनै चाडपर्व आएमा खानपिन बनाउन अघि सर्ने । पापा हामीसँग सधैं केटाकेटीजस्तै व्यवहार गर्नुहुन्थ्यो । कहिलेकाहिँ नयाँ कपडा किनेर ल्याउनुभयो भने तुरुन्तै लगाइहाल्नुपर्थ्यो । नयाँ कपडा लगाएपछि क्यामेरा झिकेर हाम्रो फोटो खिचिक्क पार्न भ्याइहाल्नुहुन्थ्यो । त्यसरी पापाले हाम्रो बाल्यकाललाई क्यामेराको रिलमा थुप्रै पटक कैद गर्नुभएको थियो । जसको प्रमाण अझै पनि हाम्रो घरको एल्बममा सुरक्षित छ ।

तर एक बिहानको घामसँगै शुरु भएको त्यो प्रतीक्षा कहिल्यै अन्त्य भएन । पापा त्यस बिहान निस्कनुभएको थियो, घरबाट र कहिल्यै फर्किनुभएन । त्यसयता न हाम्रो घोडाले टाउको हल्लायो न घण्टी बज्यो । तर हामीले सिकुवामा कुर्न भने छोडेनौं ।

त्यो एल्बम पल्टाउँदै जाँदा यादका पत्रहरू उप्किँदै जान्छ । धमिलो हुँदै गएको बाल्यकालीन यादहरु पुनः ताजा भएर आउँछ ।

किस्सा नं. २

पापा उत्पट्याङ पनि उस्तै गर्नुहुन्थ्यो ।

एउटा घटना सम्झिन्छु । त्यस दिन लक्ष्मीपुजा थियो । साँझ लक्ष्मी पुजा सकेर पापा आँगनमा उभिनुभयो । म आँगनको छेउमा उभिएँ । पापाले पटका ल्याउनुभएको रहेछ । सलाई कोरेर पटकाको पुच्छरमा झोस्नुभयो र तुरुन्तै एउटा भाडाले त्यसलाई छोप्नुभयो । छिनभरमै पटका पड्कियो । पटकासँगै पापा उछिटिएर आँगनमा पछारिनुभयो ।

एकछिनमा उठेर पापा सिकुवामा आउनुभयो । उल्यालोमा हेर्दा त पापाको निधारबाट रगत बगिरहेको थियो । खासमा त्यसदिन पापाले दुईवटा पटका एकैठाउँमा बाँध्नुभएको रहेछ । अलि ठुलै ब्लास्ट गर्न भनेर । दुईवटा पटका एकैसाथ पट्किदाँ छोपेको भाँडा आकाशतिर जोडले उछिटिएर खस्दा निधारमा ठोक्किएछ । त्यसयता ममीले हामीलाई पटका पट्काउन बन्देज लगाउनुभयो ।

किस्सा नं.३

पापा साँझ घर फर्किँदा गोजीमा केही न केही बोकेर फर्किनुहुन्थ्यो । जस्तै, चकलेट , बिस्कुट । ती हाम्रा लागि हुन्थे । त्यसैले साँझ हामी पापाको व्यग्र प्रतीक्षामा रहन्थ्यौं । हाम्रो एउटा घोडा थियो । घोडाले पापा परबाटै आउँदै गरेको चाल पाउँथ्यो । अनि ऊ टाउको हल्लाउँथ्यो । टाउको हल्लाउँदा उसको गर्धनको घण्टी पनि हल्लन्थ्यो र टिङ्टिङ् बज्थ्यो । जसै घण्टी बज्थ्यो‚ हामी थाहा पाउँथ्यौं‚ पापा आउनुभयो भनेर । हामी हतार हतार सिकुवामा आएर बस्थ्यौं । प्रत्येक जसो साँझ हाम्रो डिउटी नै हुन्थ्यो, पापाको प्रतीक्षा । प्रत्येक दिन घामसँगै शुरु हुने त्यो प्रतीक्षाको प्रत्येक साँझ अन्त्य हुन्थ्यो ।

तर एक बिहानको घामसँगै शुरु भएको त्यो प्रतीक्षा कहिल्यै अन्त्य भएन । पापा त्यस बिहान निस्कनुभएको थियो, घरबाट र कहिल्यै फर्किनुभएन । त्यसयता न हाम्रो घोडाले टाउको हल्लायो न घण्टी बज्यो । तर हामीले सिकुवामा कुर्न भने छोडेनौं ।

हाम्रो उत्तरले उसको अर्को दिन आनन्दमय हुन्थ्यो । फेरि साँझपख उही कष्टकर प्रतीक्षा शुरु हुन्थ्यो । साँझपख चल्ने बतासको झोक्कासँगै उसको पापाको यादको झोक्का चल्थ्यो । र आएर उसलाई बिथोलेर जान्थ्यो ।

पापा हिँड्नुभएको बिहानको घाम साँझ अस्तायो । भोलिपल्ट पनि उस्तै गरी उदायो । तर घामजस्तै पापा फेरि–फेरि किन उदाउनुभएन ? लामो समयसम्म भाइले यो प्रश्न गरिरह्यो । म उमेर र अनुभवले केही बुझ्ने भइसकेकी थिएँ । म जन्म र मृत्युको अन्तर छुट्ट्याउन सक्ने भइसकेकी थिएँ । मेरो चेतनाले पापा अब कहिल्यै घाम जसरी उदाउनुहुने छैन भन्ने थाहा दिएको थियो । तर मेरो पाँच वर्षे भाइले पापा हाम्रो जीवनबाट सधैंका लागि अस्ताउनुभएको कुरा थाहा पाउन सकेको थिएन । ऊ सधैं साँझ परेपछि सिकुवामा गएर उभिन्थ्यो ।

अबेर रातिसम्म पनि पापा नआउनुभएपछि भने मलाई सोध्थ्यो‚ ‘पापा कहिले आउनुहुन्छ ? कहाँ जानुभएको छ ?’

एउटा निर्दोष अनुहारले सोधेको निर्दोष प्रश्नको झुटो उत्तर दिन हामी ममी-छोरी बाध्य हुन्थ्यौं ।

हाम्रो उत्तरले उसको अर्को दिन आनन्दमय हुन्थ्यो । फेरि साँझपख उही कष्टकर प्रतीक्षा शुरु हुन्थ्यो । साँझपख चल्ने बतासको झोक्कासँगै उसको पापाको यादको झोक्का चल्थ्यो । र आएर उसलाई बिथोलेर जान्थ्यो ।

समयसँगै बिस्तारै भाइको चेतना फैलिँदै गयो । चेतनासँगै उसले बुझ्यो कि, पापा अब कहिल्यै नफर्किने बाटो भएर जानुभएको छ । अब हाम्रो घोडा हिन्हिनाउने छैन । अब घण्टी बज्ने छैन । अब सिकुवामा गएर उभिनुको औचित्य छैन । समय बलवान सावित भइदियो । समयले नै बतायो भाइलाई सबै सबै सत्य । त्यसयता उसले हामीलाई कहिल्यै सोधेन, ‘पापा कहिले आउनुहुन्छ ?’

पापा हुनुभएको भए यस्तो भन्नुहुन्थ्यो, यस्तो गर्नुहुन्थ्यो होला भन्ने काल्पनिक बाटोमा हिँडिदिन्छौं । तर कहिल्यै एकआपसमा पापाबारे कुरा गरेनौं । मलाई याद भएसम्म आजसम्म हामीले निकै कममात्र पापाको कुरा झिकेका छौं । हृदयले भने चुपचाप–चुपचाप पापालाई सम्झिरहन्छौं । मेरो मस्तिष्कमा सधैं पापाको एउटा अग्लो, सग्लो प्रतिबिम्ब उभिरहन्छ । जबसम्म रुन्नँ, त्यो प्रतिबिम्ब एकक्षत्र भएर ममा हावी भइरहन्छ । रोएपछि आँसुले त्ये प्रतिबिम्ब बिस्तारै बिस्तारै पखालेर लान्छ ।

कसो–कसो पन्ध्रवटा हिउँद कटेछ । प्रन्ध्रवटा वर्षा झरेछ । यो पन्ध्रवटा वर्षले पापाको अभाव भने महसुस गराइरह्यो । यो पन्ध्र वर्षमा एक बालक किशोर भएछ । एक किशोरी युवती भएछ । एक आइमाई बुढी भएछ । यसबीचमा आँगनमा कति छिमल फूल फुल्यो र झर्‍यो ? कति खेप बारीको आँपको रुखमा चिचिला लाग्यो ? कति खेप लटरम्म फल्यो वा कति पटक नफलेरै सिजन सक्यो होला ? कुन–कुन वर्ष खेत बाँझै पल्ट्यो ? कति पटक बारीमा हल गोरु पसेन ? कतिवटा दिन चामलको बोरा टक्टकाउँदै आमाले भान्सा पकाइन् होला ? घरको एककुनामा गुँड लगाएको परेवाले कति छिमल बचेरा जन्मायो होला ? र उड्न सिकायो होला ? उड्न सिकेर ती परेवा कहाँ–कहाँ पुगे होला ? हाम्रो घर अगाडिको बाटो भएर हिँडेको बटुवा गन्तव्यसम्म पुग्यो कि पुगेन होला ? हाम्रो अनुहारबाट झरेको खुसी सिकुवामा कति समयसम्म टुसुक्क बस्यो होला ? बितेको पन्ध्र वर्षमा गर्नुपर्ने अनगिन्ती हिसाब छन् । यो पन्ध्रवटा वर्षको लिग जोड्दै जाँदा जिन्दगी कुदाउने रेल बन्न पुग्छ । म त्यही रेलको सफर गर्दै यहाँसम्म आइपुगेँ । यतिञ्जेलमा सम्झनाको एल्बमा तुवाँलो लाग्न थालेको थियो । आज भाइको प्रश्नले त्यो तुवाँलो पन्छाउँदै विगततिर फर्किन म बाध्य भएँ ।

विगतको फेरो समाउँदै जाँदा म जहिल्यै पापाको अभाव बाँच्दछु । आफ्नो प्रियजनको अनुपस्थितिमा बाँच्न असहज हुन्छ । अझ त्यसमा पनि आकाश गुमाएको छोराछोरीले कुन सकस खेप्छन् ? तिनीहरुको सकस सायदै अरुले महसुस गर्न सक्छन् । हामी ममी, छोरी र छोराले आ-आफ्नै हिस्साको अभाव खट्किएको पायौं । तर कहिल्यै एकअर्कोको सामुन्ने आँसु बगाएनौं । खुसीका क्षणहरुमा, चाडबाडहरुमा आ आफ्नै तरिकाले याद गर्छौं ।

पापा हुनुभएको भए यस्तो भन्नुहुन्थ्यो, यस्तो गर्नुहुन्थ्यो होला भन्ने काल्पनिक बाटोमा हिँडिदिन्छौं । तर कहिल्यै एकआपसमा पापाबारे कुरा गरेनौं । मलाई याद भएसम्म आजसम्म हामीले निकै कममात्र पापाको कुरा झिकेका छौं । हृदयले भने चुपचाप–चुपचाप पापालाई सम्झिरहन्छौं । मेरो मस्तिष्कमा सधैं पापाको एउटा अग्लो, सग्लो प्रतिबिम्ब उभिरहन्छ । जबसम्म रुन्नँ, त्यो प्रतिबिम्ब एकक्षत्र भएर ममा हावी भइरहन्छ । रोएपछि आँसुले त्ये प्रतिबिम्ब बिस्तारै बिस्तारै पखालेर लान्छ ।

कहिलेकाहीँ आँसु झर्दैन । घाँटीमा हिक्का बनेर बस्छ । त्यस्तो समयमा ओठमा मुस्कान फुलाएर उभिन्छौं हामी । त्यसरी मुस्कान फुलाएर उभिएको फोटोहरु थुप्रै छन् मोबाइलको ग्यालरीमा । भाइले फोटो मागेपछि मैले धुइँधुइँती ग्यालरी चहारेँ ।

मात्रै दुईवटा फोटो भेटेँ पापाको । त्यो पनि पुरानो फोटो मोबाइलले स्क्यान गरेको । कोरिया आउनुअघि पापाको सम्झना एल्बमबाट ग्यालरीमा राख्न मन लाग्यो र स्क्यान गरेर ल्याएकी थिएँ । त्यस फोटोमा पापा सप्तरङ्गी टिकामा देखिनुभएको छ । गलामा सयपत्री फूलको माला । मन्द मुस्कानसहित । मलाई त्यो फोटो खिच्दाको धमिलो सम्झना छ । पापाको चेली नजिकै थिएन । त्यसैले जेठी माइजुले भाइटिकामा पापाको निधार रङ्ग्याइदिनुभएको थियो । त्यही सुमधुर पललाई पापाको क्यामेराले कैद गरेको थियो । अर्को चाहिँ कुनै आफन्तले सामाजिक संजालमा पोस्ट गर्नुभएको थियो । त्यही सेभ गरेकी थिएँ ।

मैले ग्यालरीमा सुरक्षित भएको त्यही फोटो पठाइदिएँ । रियाक्टमा लभको इमोजी पठायो, भाइले । भाइले फोटो मागेको साँझ म पापाको यादले बिथोलिएँ । सोचमग्न भएँ । साँच्चै पापाको याद धमिलो हुँदै गएछ । धमिलो हुँदै कुनै दिन पुरै मेटिएला कि ? कतै पुरिएला कि ? मलाई डर लाग्यो । मपछिको पुस्ताले पापा कस्तो हुनुहुन्थ्यो ? भनेर सोध्ला कुनै दिन । मलाई पापाको याद कहिल्यै नपुरिने गरी सबैले देख्नेगरी राख्न मन लाग्यो । ममीलाई सरप्राइज दिन मन लाग्यो । पापाको फोटोको पेन्टिङ बनाएर । हठात् मनमा आयो, कतै पापाको यादले ममी बिथोलिनुभयो भने ? खाटा बसिसकेको घाउ बल्झिने पो हो कि ? निकै दिन म अलमलमा परेँ । होइन, ममीको अन्तरहृदयमा कहिल्यै नमेटिने भनेको पापा नै हो । उहाँ त सधैं पापालाई बोकेरै यात्रारत हुनुहुन्छ । बरु मेरो सरप्राइज सुखद हुन जाला । अन्ततः फोटोलाई पेन्टिङ बनाउने निर्णय गरेँ ।

सामाजिक संजालले धेरै कुरामा हाम्रो पहुँच बनाएको छ । केही दिनअघि न्युजफिडमा एकजना साथीले कसैको पोट्रेट बनाएर पोस्ट गर्नुभएको थियो । मैले प्रोफाइल सर्च गरेँ ।

‘मेरो पापाको फोटोको एउटा पोट्रेट गरिदिनुस् न ।’ मैले प्राइभेट म्यासेज गरेँ । उहाँले सहर्ष स्वीकार्नुभयो । बीस-पच्चिस दिन लाग्ने बताउनुभयो । तर उहाँले दश दिन नबित्दै आफ्नो सुन्दर कला प्रयोग गरेर पापाको जिवन्त पोट्रेट बनाइदिनुभयो । धन्यवाद नदिई कसरी बस्न सक्छु ! कृतज्ञ छु, विष्णुजीप्रति ।

अस्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । कुवेतको जबेर अल अहमद रंगशालामा नेपाल अस्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको छ । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा अस्ट्रेलियाले नेपाललाई पराजित गरेसँगै नेपालको फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को यात्रा समाप्त भएको छ ।

अस्ट्रेलियाका खेलाडीहरू म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गर्दै अस्ट्रेलियालाई ३ गोलको अग्रता दिलाए । खेल सुरु भएको छैटौं मिनेटमा लेकीले गोल गर्दै अस्ट्रेलियालाई १-० ले अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको इन्जुरी समयमा रेडकार्डको सामना गर्दै नेपाली खेलाडी रोहित चन्द मैदानबाट बाहिरिए । योसँगै नेपाली फुटबल टिम १० जना खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अस्ट्रेलियालाई ३-० को जित दिलाए ।

नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड-१९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो । अस्ट्रेलियाले गरेको लगातार प्रहारमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले धेरै गोल बचाएका थिए ।

रोहित चन्दले पाए रेडकार्ड पहिलो हाफमा नेपालविरुद्ध अस्ट्रेलिया २-० ले अगाडि

काठमाडौं । कुवेतको जबेर अल अहमद रंगशालामा नेपाली टिमविरुद्ध अस्ट्रेलियाको फुटबल टिमले पहिलो हाफमा २-० को अग्रता बनाएको छ । खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अस्ट्रेलियालाई २-० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा नेपालका रोहित चन्दले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका छन् ।

योसँगै मैदानमा अब नेपाल जम्मा १० जना खेलाडीमा समेटिएको छ । अस्ट्रेलियाली खेलाडी मार्टिन बोयलेलाई फउल गरेपछि उनले रेड कार्ड पाएका थिए ।

नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड-१९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो ।

नेपालविरुद्ध अस्ट्रेलियाले लियो २-० को अग्रता

काठमाडौं । कुवेतको जबेर अल अहमद रंगशालामा नेपाली टिमविरुद्ध अस्ट्रेलियाको फुटबल टिमले  २-० को अग्रता बनाएको छ । खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अस्ट्रेलियालाई २-० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड-१९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो ।

 

नेपालविरुद्ध अस्ट्रेलियाले लियो १-० को अग्रता

काठमाडौं । कुवेतको जबेर अल अहमद रंगशालामा नेपाली टिमविरुद्ध अस्ट्रेलियाको फुटबल टिमले १-० को अग्रता बनाएको छ । फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो लिगको नेपालविरुद्ध अस्ट्रेलियाले सुरुवाती अग्रता बनाएको हो ।

भर्खरै सुरु भएको खेलको छैटौँ मिनेटमा अस्ट्रेलियाका म्याथ्यु लेकीको गोलमा अग्रता बनाएका हुन् । नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड-१९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो ।

यससँगै छनोट अन्तर्गत दोस्रो चरणको समूह बीका सबै खेल कुवेतमा सञ्चालन भइरहेका छन् ।

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : कार्यान्वयनमा आशंका

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/८९ को नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।

प्रदेश सभामा प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल सुरु भएको हो । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

छलफलमा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रम हेर्दा राम्रो देखिएपनि कार्यान्वयन गर्न सम्भव नहुने हो कि भन्नेमा आशंका गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने, ‘विगतको अवस्थालाई हेर्दा आगामी वर्षका लागि आएको नीति तथा कार्यक्रम पनि कुनै फरक छैन । आएको चिज बजेटमा देखिनपर्‍यो ।’ उनले नारामात्र उत्कृष्ट दिएर केही नहुने बताए ।

प्रदेशसभा सदस्य गोविन्दराज बोहराले नीति तथा कार्यक्रम विगतकै निरन्तरताबाहेक अरू केही नभएको बताए । विगतमा पनि नीति तथा कार्यक्रममा राम्रो नारा र योजना समेटिए पनि केही काम नभएको बताए ।

सत्तापक्षकै (ओली समूह) सांसद लीलाधर भट्टले नीति तथा कार्यक्रम सुझाव नसमेटिएर रेडिमेड तरिकाले आएको बताए । उनले प्रदेशको आवश्यकताभन्दा मनपरि तरिकाले आएको बताए । ‘औपचारिकता पूरा गर्नकै लागि नीति तथा कार्यक्रम ल्याएको जस्तो देखिएको छ,’ उनले भने ।

छलफलमा भाग लिएका प्रदेश सभा सदस्य रतन थापाले प्रदेश सरकारले धान्न सक्ने कुरामात्र बजेटमा समेट्न सुझाव दिए । नारा ठूला दिएर मात्र नहुने भन्दै उनले कार्यान्वयन पनि जोड दिनुपर्ने बताए ।

प्रदेश सभा सदस्य महेशदत्त जोशीले प्रदेशको हितमा महत्त्वपूर्ण नारा दिए पनि कार्यान्वयनको पाटो बलियो बनाउनुपर्ने बताए । प्रदेशसभामा बिहीबार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकालाई ५० हजार

जनकपुरधाम । धनुषाका एक स्थानीय तहले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेकाको परिवारजनलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । जिल्लाको क्षीरेश्वनाथ नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारजनलाई राहत स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले २०७८ वैशाख १ पछिका कोरोना संक्रमितहरुलाई राहतस्वरुप विभिन्न प्याकेज समेत घोषणा गरेको छ । राहतहरुमा मृतकका परिवारजनलाई ५० हजार रुपैयाँ, संक्रमित भई अस्पतालमा उपचाररतलाई १५ हजार तथा संक्रमित भई होम आइसोलेसनमा रहेकालाई ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पंजियारले जानकारी दिए ।

उक्त राहत लिनलाई आवश्यक कागजातहरुसहित नगरपालिका कार्यालयमा सम्पर्क गर्न समेत मेयर पंजियारले आग्रह गरेका छन् ।

यसअघि होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई घर-घरमै स्वास्थ्यकर्मी खटाई स्वास्थ्य उपचार गर्ने गरेको नगरपालिकाले प्रत्येक वडामा निःशुल्क पीसीआर जाँचको व्यवस्थासमेत मिलाएको मेयर पंजियारले बताए । कोरोना संक्रमणको भयावह यस्तै रहेमा आगामी आर्थिक वर्षको बजेटमा कोरोनो महामारीको अग्रीम तयारीका लागि विशेष बजेटको प्याकेज ल्याउने उनले बताए ।

यस्ता छन् उपाधि दाबेदार टिम

काठमाडौं । विश्वकप पछिको ठुलो फुटबल कुम्भमेला ‘युरोकप’को १६ औं संस्करण नेपाली समयअनुसार शुक्रबार मध्यरातबाट सुरु हुँदैछ । पहिलो खेलमा इटाली र टर्की नेपाली समयअनुसार राति १२:४५ मा खेल्न थाल्नेछन् ।

यो पटक उपाधि यात्राको सुरुवात गर्ने २४ टीम ६ समूहमा बाँडिएको छ । हरेक समूहबाट शीर्ष २ टिम राउन्ड अफ सिक्स्टिनमा जानेछन् । त्यहाँ आ-आफ्ना खेल जित्ने ८ टिम क्वाटरफाइनलमा पुग्नेछन् । त्यसपछिका ४ टिम सेमिफाइनलमा पुग्नेछन् भने सेमिफाइनल जित्ने दुई टीमबीच उपाधिका लागि भिडन्त हुनेछ ।

१ महिना लामो प्रतियोगिताको फाइनल खेल ११ जुलाईमा हुनेछ । खेलको जित हारको अनुमान गर्न गाह्रो काम हो तर खेलाडी र टिमको प्रदर्शनलगायतका आधारमा यसपटक विश्व विजेता फ्रान्स, इटाली, बेल्जियम, स्पेन र इंग्ल्यान्डलाई उपाधि दाबेदार टिमका रुपमा हेरिएको छ ।

विश्वकपको समूह चरणबाट बाहिरिए पनि जर्मनी युरोकपमा सधैँ जस्तै यो पटक पनि उपाधिमा टक्कर दिने टीमका रुपमा रहनेछ । साविक च्याम्पियन पोर्चुगल उपाधि होडमा उत्तिकै बलियो मानिएको छ । पोर्चुगलको उपाधि सम्भावनामा बलियो मानिनुको कारण युरोपियन फुटबलमा नै एकपछि अर्को रेकर्ड तोडेका क्रिस्टियानो रोनाल्डोको उपस्थिति नै मुख्य हो ।

यस्ता छन् दाबेदार टीम

इटाली (समुह ए)

फिफा बरियता

समूहको खेल

१२ जुन : टर्कीसँग

१७ जुन : स्वीट्जरल्यान्डसँग

२० जुन : वेल्ससँग

१९६८ मा युरोकप जितेको इटाली त्यसपछि अहिलेसम्म दोस्रो उपाधिको पर्खाइमा रहेको छ । इटाली सन् २००० र २०१२ मा फाइनलमा पुगे पनि उप विजेतामै चित्त बुझाउन बाध्य भयो । यो पटक इटालीले ५३ वर्षे लामो पर्खाइको अन्त्य गर्ने विश्वास गरिएको छ । २०१६ मा युरोकपमा क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भएको थियो । निर्धारित र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि इटाली पेनाल्टी सुटआउटमा ६-५ ले हार्दै प्रतियोगिताबाट बाहिरियो ।

यी तथ्यहरुका आधारमा इटालीले यसपटकको यूरोकप उचाल्ने दाबी गर्नेहरु धेरै छन् ।

यो पटक टीम उत्कृष्ट लयमा रहेको छ, जसको प्रमाण हो युरो छनोटमा १० खेलमा दशै खेल जित्नु । इटालीले एकै ‘क्यालेन्डर इयर’मा १० अथवा सोभन्दा बढी जित निकालेको यो नै पहिलो पटक हो । छनोटमा ३७ गोल गरेको इटालीले ४ गोलमात्र खाएको थियो । उसले आफ्नो क्वालिफाइङ क्याम्पेनमा अर्मेनियासँग निकालेको ९-१ को जित छनोटको रेकर्डेड ११औँ जितसमेत हो ।

यी तथ्यहरुका आधारमा इटालीले यसपटकको यूरोकप उचाल्ने दाबी गर्नेहरु धेरै छन् ।

 बेल्जियम (समूह बी)

फिफा वरियता

समूह चरणको खेल

१३ जुन : रुससँग

१७ जुन : डेनमार्कसँग

२२ जुन : फिनल्यान्डसँग

अहले फिफा वरियतामा नम्बर एक रहेको बेल्जियम यो वर्ष प्रवल उपाधि दाबेदार टीम हो । पहिलो उपाधिको खोजिमा रहेको बेल्जियम सानदार फर्ममा छ । युरो छनोटमा इटाली जस्तै १० खेलमा १० खेल नै जितेकाले उच्च मनोबलका साथमा बेल्जियम मैदानमा हुनेछ । छनोटका क्रममा उसले ४० गोल गरेको थियो भने मात्र ३ गोल खाएको थियो । रोमेलु लुकाकुले ७ गोल गरेका थिए ।

२०१६ मा यूरोकपको क्वाटरफाइनल पुगेको बेल्जियम वेल्ससँग ३-१ ले पराजित भएको थियो । यद्यपि यो पटक बेल्जियम थप बलियो रहेको छ । १९८० मा बेल्जियमले बेस्ट पर्फमेन्स दिएको थियो । उक्त समय टीम उपविजेतासमेत बनेको थियो । रोबर्ट मार्टिनेजको प्रशिक्षणमा २०१६ मा राम्रो प्रदर्शन गरेको बेल्जियम यो पटक पहिलो उपाधि जित्नका लागि मैदानमा हुनेछ । २०१८ को विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियमले धेरैको मन जितेको थियो ।

इंग्ल्यान्ड (समूह डी)

फिफा वरियता  

समूह चरणका खेल  

१३ जुन : क्रोएशियासँग

१९ जुन : स्कटल्यान्डसँग

२३ जुन : चेक रिपब्लिकसँग

योपटक टीममा युवा र अनुभवी खेलाडीले राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक साउथगेट ढुक्क देखिन्छन् ।

२०१८ को फिफा विश्वकपको सेमिफाइनल पुगेको इंग्ल्यान्ड युरोकपको मुख्य दाबेदारमध्ये एक हो । टीमले आफ्नो समूहका सबै खेल घरेलु मैदान वेम्बलीमा खेल्ने भएकाले उसका लागि जारी युरो झनै महत्वपूर्ण हुनेछ । छनोटमा इंग्लिस टीम ८ मध्ये ७ खेलमा जित निकाल्दा एक खेलमा मात्र पराजित भएको थियो । जहाँ ३७ गोल गर्दा ६ गोल खाएको थियो ।

फुटबलको जननी भएपनि अहिलेसम्म एउटा पनि युरोकप नजितेकाले यो पटक उक्त खराब रेकर्ड अन्त गर्ने उद्देश्यका साथ इंग्ल्यान्ड मैदानमा हुनेछ । १९६८ मा तेस्रो स्थान हासिल गर्नु उसको अहिलेसम्मको ठूलो उपलब्धि हो । सन् २०१६ मा राउन्ड अफ १६ बाटै बाहिरिएको इंग्ल्यान्ड आइसल्यान्डसँग पराजित भएको थियो । यद्यपि योपटक टीममा युवा र अनुभवी खेलाडीले राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक साउथगेट ढुक्क देखिन्छन् ।

 स्पेन (समूह ई)

फिफा वरियता

समूहको खेल       

 १५ जुन : स्वीडेनसँग

२० जुन : पोल्यान्डसँग

२३ जुन : स्लोभाकियासँग

स्पेन युरोकपको इतिहासमा एउटामात्रै यस्तो टीम हो, जसले दुईपटक लगातार प्रतियोगिता जितेको छ । उसले यो उपलब्धी २००८ र २०१२ मा सम्भव बनायो । योबाहेक १९६४ मा पनि उसले उपाधि जितेको छ । स्पेनले अहिलेसम्म तीनपटक यूरोकप जितेको छ । अहिलेसम्म स्पेन र जर्मनीले मात्र यूरोकप तीन-तीन पटक जितेको इतिहास छ ।

यद्यपि २०१६ मा भने स्पेन प्रि-क्वाटरफाइनलबाटै बाहिरियो । त्यतिबेला स्पेन इटालीसँग २-० ले पराजित भएको थियो । यद्यपि धेरैजसो खेलाडीले अहिले सन्यास लिइसकेका छन् । यो पटक पुरै नयाँ टीम छ।

केहि दिनअघि भएको पोर्चुगलसँगको मैत्रीपूर्ण खेलमा स्टार खेलाडीबिनाको स्पेनले रोनाल्डोको टीमलाई निकै मुस्किलमा पारेको थियो । विश्वकप छनोटमा स्पेन अपराजित रह्यो । उसले १० मध्ये ८ खेलमा जित निकाल्दा २ खेल बराबरी खेलेको थियो ।

पछिल्लो केही सिजन विश्वकप र यूरोकपमा निराशाजनक प्रदर्शन गरेको स्पेनले यसपटक उपाधि जितेर हारको त्यो घाउमा मह्लम लगाइदिने स्पेनका समर्थकको विश्वास छ । स्पेन समूह चरणमा तुलनात्मक रुपमा सजिलो टिममा पनि परेको छ ।

फ्रान्स (समूह एफ)

फिफा वरियता-२

समूहको खेल

१६ जुन : जर्मनीसँग

१९ जुन : हंगेरीसँग

२४ जुन : पोर्चुगलसँग

२०१८ को फिफा विश्वकप फुटबल च्याम्पियन फ्रान्सलाई यो पटक युरोकपको प्रवल दाबेदार मानिएको छ । टीममा स्टार खेलाडी हुनु उसको दाबेदारीको सबैभन्दा मूख्य आधार मानिएको छ ।  फ्रान्सले १९८४ र २००० मा गरि २ पटक युरोकपको उपाधि जितेको छ । फ्रान्स पछिल्लो पटक २०१६ को युरोकप फाइनलमा पोर्चुगलसँग १-० ले पराजित भएको थियो ।

फ्रान्सले १९९४ को विश्वकप पछि हरेक मुख्य प्रतियोगितामा छनोट भएको छ । यसक्रममा उसले ५ पटक फाइनलमा स्थान बनाउँदा ३ पटक उपाधि जितेको छ । युरोकप छनोटमा टीमले १० मध्ये ८ खेलमा जित निकाल्दा १ खेलमा पराजित भयो भने एक खेल बराबरी गरेको थियो । फ्रान्सले छनोटमा २५ गोल गर्दा ६ गोल खाएको थियो ।

फ्रान्सलाई १९९८ को विश्वकप तथा युरो २००० मा कप्तानको रुपमा उपाधि दिलाएका डिडिएर डेसच्याम्प प्रशिक्षक छन् । २०१२ मा प्रशिक्षक बनेयता उनले २०१८ मा टीमलाई विश्वकप उपाधि दिलाएका छन् । त्यसैले अब प्रशिक्षकको रुपमा पनि उनी युरो जित्न चाहन्छन् । यद्यपि समूह एफलाई ग्रूप अफ डेथका रुपमा मानिएको छ । यो समूहबाट जर्मनी र पोर्चुगललाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ ।

पोर्चुगल (समूह एफ)

फिफा वरियता

समूहका खेल 

१५ जुन : हंगेरीसँग

१९ जुन : जर्मनीसँग

२४ जुन : फ्रान्ससँग

युरोकपमा डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्नु सबै टीमका लागि चुनौतीपूर्ण हुनेछ । यो टीम २०१६ मा फ्रान्सलाई घरेलु हराएर च्याम्पियन बनेको थियो ।

पोर्चुगल पछिल्लो पटक २०१९ मा युक्रेनसँग पराजित भएको थियो । २०१९ मा फर्नान्डो सान्तोष प्रशिक्षक भएपछि पोर्चुगलले युरोकप छनोट तथा नेसन्स लिगमा पराजित भएको उक्त खेल पहिलो थियो । टीमले युरोकप छनोटमा ८ खेल खेल्दा ५ जित निकालेको छ भने १ हार २ खेलमा बराबरी खेलेको छ । उसले विपक्षीविरुद्ध २२ गोल गर्दा ६ गोल खाएको छ । रोनाल्डोले छनोटमा कुल ११ गोल गरेका थिए । उनी छनोटमा टप स्कोरर समेत रहे । उनै रोनाल्डोको प्रेरणामा रहेको पोर्चुगलका समर्थक पनि विश्वमा धेरै छन् । उनीहरू रोनाल्डोको नेतृत्वमा फेरि पनि पोर्चुगललाई यूरोपको च्याम्पियन बनाएर उनी क्लबमा मात्र होइन, राष्ट्रिय टिममा समेत अब्बल खेल्छन् भन्ने थप पुष्टि गराउने ध्याउन्नमा छन् ।

क्रोएसिया (समूह डी)
फिफा वरियता १४
समूह चरणको खेल

१३ जुन : इंग्ल्यान्डसँग
१८ जुन : चेक रिपब्लिकसँग
२२ जुन : स्कटल्यान्डसँग

२०१८ मा अप्रत्यासित रुपमा विश्वकप फुटबलको फाइनल पुगेर तहल्का मच्चाएको क्रोएसिया युरोकपमा अन्डरडगका रुपमा रहन सक्ने टीम हो । विश्वकपका दौरान पनि धेरैको लिस्टमा नपरेको क्रोएसियाका लागि युरोकप पुनः एकपटक आफ्नो शक्ति देखाउने अवसर बन्न सक्छ ।

लुका मोड्रिक फेरीपनि नायक बनेमा युरोमा पनि क्रोएसियाले तहल्का मच्चाउने संभावना कायम छ । त्यस्तै इन्टरमिलानका इभान पेरिसीक त्यस्तै लिभरपुलका पूर्व न्ट्रल डिफेन्डर डेझन लोभरेन लगायतले क्रोएसियालाई पुन एकपटक चम्काउने विश्वासका साथ यूरोकपको यात्रा शुरु गर्दैछ ।

थप ५२२५ जना कोरोनामुक्त, ३७५० मा संक्रमण, ६७ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३ हजार ७५० जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा पीसीआरमा २ हजार ७०९ जनाको र १ हजार ४१ जनाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा थप ६७ जना संक्रमितको मृत्यु भएको छ ।

ग्लोकलद्वारा ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणका लागि आवेदन खुल्ला

काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले ग्लोकल टीन हीरो नेपाल, २०२१ सातौं संस्करणका लागि आवेदन खुलेको घोषणा गरेको छ ।

शुक्रबार एक सूचना जारी गरी ग्लोकलले गत वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत घोषणा गरिने जनाइएको छ ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालि को एक कार्यक्रम हो । वाई वाई ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान गरी उनीहरुको प्रतिभा उजागर गर्न मद्दत गर्ने ग्लोकलले जनाएको छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप ऊर्जा प्रदान गरिने कम्पनीले जनाएको छ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा ग्लोकलले आफ्नो कार्य विस्तार गरेको थियो ।

अन्लाईन आवेदन ग्लोकलले दिएको लिंकमार्फत निःशुल्क भर्न सकिने कम्पनीले जनाएको छ ।

यस्ता छन् प्रदेश १ को नीति तथा कार्यक्रमका नारा, कार्यान्वयनमा आशंका

विराटनगर । प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नारै नारामात्र भएको भन्दै विपक्षीले आलोचना गरेका छन् । प्रदेश सरकारले अधिकांश योजनैपिच्छे नयाँ नयाँ नारा दिएको छ । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा विभिन्न नाराले प्राथमिकता पाएका थिए ।

विगत ३ वर्षदेखिको सरकारको नारा यो वर्षको नीति तथा कार्यक्रममा पनि थपिएर आएको हो । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफलको क्रममा प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले नारामात्र धेरै आएको तर कार्यान्वायनमा सिन्को नभाँचिएको टिप्पणी गरे ।

‘स्वच्छ र सुखी प्रदेश, प्रदेशको पानी जनताको लगानी, एक नम्बर प्रदेशको शान जनताको मुस्कान नाराले यो वर्ष पनि निरन्तरता पाएका छन् । उत्पादन किसानको जिम्मा बजारको मूल्य सरकारको जिम्मा, भविष्यको कर्णाधार बालबालिकासँग प्रदेश सरकार, समृद्ध प्रदेशका लागि आत्मनिर्भर छोरी, लोकप्रिय नाराहरू राखिएको छ‚ तर योजनाहरू छैन, कार्यक्रमहरू छैन,’ सांसद थापाले भने, ‘केही नाराहरू ल्याउने अनि डिलिट गर्दै जानुले सरकारको अवस्था के हो भन्ने देखाएको छ ।’

No description available.

त्यस्तै सरकारले अरु नाराहरू पनि यो वर्ष थपेको उनले उल्लेख गरे । राष्ट्रपति आमा सासु बुहारी कार्यक्रम, आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम, मेरो कृषि-मेरो पौरख, बीजयुक्त बाली-विषादीमुक्त भान्सा र अनिकालमुक्त चुल्होको नारा पनि अघि सारिएको छ । ‘पर्यटन उद्यमीको हात–प्रदेश सरकारको साथ’ नारा पनि सरकारको नीति तथा कार्यक्रमभित्रको नारा हो ।

‘प्रदेश नम्बर एक-सबैभन्दा बेश’ भन्ने नारा भने यो वर्षदेखि डिलिट भएको थापाको टिप्पणी छ । यो नारा हटाइनुको कारण भने सरकारले नामै राख्न नसकेको कारण हटाएको हुनसक्ने बताए ।

अधिकांश सांसदले प्रदेश सरकारले प्रस्तुत गरेको तीनवटा नीति तथा कार्यक्रमको एउटै खालको भएको बताए । नीति तथा कार्यक्रममा सबै कुरा छुट्लान् कि झैँ गरेर प्रस्तुत गर्ने तर कार्यक्रम कार्यान्वयनमा ध्यान नदिनुले यो वर्षको नीति तथा कार्यक्रम पनि कार्यान्वायनमा जानेमा सांसदले आशंका व्यक्त गरेका छन् ।

थापाले भने, ‘शुरुको नीति तथा कार्यक्रम दुई तिहाईको दम्भका बिच राप र तापमा ल्याएको देखिन्छ, यो वर्षको नीति तथा कार्यक्रम भयग्रस्त मनस्थितिबाट आएको छ ।’

कांग्रेसका सचेतक सूयर्माराज राईले कोभिडको महामारीमा विद्यालय बन्द रहेको बेलामा म अघि बढ्छु भन्ने नाराको कार्यक्रमले बालबालिका होइन मन्त्री अघि बढ्ने बताए । म अघि बढ्छु भन्ने कार्यक्रमको नाराले बालबालिका लक्षित अभियान चलाउने भन्ने उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नीति तथा कार्यक्रम २०७६ सालदेखिको हुबहु भएको बताएका छन् । ‘सरकारलाई केही लाज लाग्नुपर्ने हो,‘ उनले भने, ‘मसँग तीन वर्षको नै नीति तथा कार्यक्रम छ, कुनै फरक छैन‚ सबै हुबहु छ ।’

No description available.

नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशलाई बद्नाम गर्ने खालको भएको बताए । उनले कार्यकर्ता पाल्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए ।

उदयपुरकी सांसद सञ्जा कुमारी दनुवारले एक घर-एक धारा अभियान सरकारले नारामात्र दिएको आरोप लगाइन् । नारा ल्याउने तर कामै नगर्ने सरकारले नारासँगै काम गरेर देखाउन चुनौतीसमेत दिइन् । प्रदेश सभा सदस्य उमिता विश्वकर्माले २२६ बुँदामा आएको नीति तथा कार्यक्रम नाराले मात्र भरिएको टिप्पणी गरिन् ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम नाराले मात्र भरिभराउ छ,’ उनले भनिन्, ‘जनतासँग जोडिने नीति तथा कार्यक्रम नारामा मात्र सीमित हुनु हुँदैन । कार्यान्वायनमा जाने स्पष्ट आधारहरू आउनुपर्छ, कार्यान्वयन गर्ने कुरा मुख्य हो ।’

माछाको पोखरीमा भ्यागुता पनि छैन
नीति तथा कार्यक्रमको छलफलको क्रममा ईलामका सांसद धिरेन्द्र शर्माले सरकारले लागू हुनै नसक्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताए । ताप्लेजुङका सांसद प्रताप प्रकाश हाङ्गामले किताबमा सारा कुरा लेखिएको भएपनि सिमानामा तारबार लगाउने कुरा नलेखिएको भन्दै त्यो पनि नीति तथा कार्यक्रममा राख्न सुझाव दिए ।

उदयपुरका सांसद बिमल कार्कीले नीति तथा कार्यक्रम लेखेर मात्र नहुने भन्दै कार्यान्वयन पनि हुनुपर्ने बताए । २०७५/०७६ को कार्यक्रम कार्यान्वयन जसरी सहज कार्यान्वयन भयो‚ त्यसयताका योजनाहरु कार्यान्वयनमा जान नसकेको उनले बताए ।

खोटाङका सांसद रामकुमार राई, मोरङका सांसद शिवनारायण सिंह गन्गाईले कार्यान्वायन नै नहुने नीति तथा कार्यक्रम ल्याइएको भन्दै आलोचना गरे । उनीहरुले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश १ ले अन्तरिक्षयानमा उडान गर्ने बाहेक सबै समेटेको भन्दै व्यंग्य गरे । छलफलमा यसअघिको बजेटमा माछाको नाममा दिइएको ५० लाखको अनुदानको पोखरीमा अहिले हेर्दा भ्यागुता पनि नभएको भन्दै त्यसलाई अनुगमन गर्नसमेत आग्रह गरे ।

नीति तथा कार्यक्रमको छलफलअघि शून्य समयमा बोल्दै प्रदेश सांसद कृष्णकुमारी राई, विद्यानन्द चौधरी, मोहन खड्का, मोहम्मद ताहिर मियाँ, रामचन्द्र लिम्बुले आफ्नो निर्वाचन क्षेत्रका समस्याको बारेमा जानकारी गराएका थिए । उनीहरुले कोभिड समस्या, खोप व्यवस्थापनमा प्रदेश सरकारले देखाएको निरीहताको बारेमा पनि प्रश्न उठाएका थिए ।

युरोकप आजबाट

काठमाडै । विश्वकपपछिको दोस्रो ठुलो फुटबल कुम्भमेला यूरोकप शुक्रबार मध्यरातिबाट सुरु हुँदैछ । १ महिनासम्म चल्ने युरोकपको १६ औं संस्करण युरोपका ११ देशका ११ शहरमा हुनेछ । सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुनुपर्ने भए पनि कोरोनाका कारण बल्ल शुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेल शुक्रबार राती इटालीको रोममा हुनेछ जसमा घरेलु टोलीले टर्कीसँग खेल्नेछ । खेल नेपाली समयअनुसार मध्यराति १२:४५ मा शुरु हुनेछ ।

कोरोना महामारीका कारण खेलमा थोरै दर्शकलाई मात्र प्रवेश दिइने यूईएफएले जनाएको छ । यसपटक २४ देशले भाग लिने प्रतियोगितामा १९ टिम अघिल्लो संस्करण खेलकै र पाँच देश नयाँ छन् ।

युरोकपमा यसपटकबाट भिडिओ एसिस्टेन्ट रेफ्री (भिएआर) प्रयोग हुँदैछ ।

कोरोना महामारीका कारण हरेक खेलमा प्लेइङ ११ बाहेक १२ जना वैकल्पिक खेलाडी गरी एक टिमको २३ खेलाडी राख्न पाइनेछ । यस्तै नियमित समयमा तीन पटकमा गरी ५ खेलाडी परिवर्तन गर्न पाइनेछ ।

खेल अतिरिक्त समयमा गए पनि थप एक खेलाडी परिवर्तन गर्न पाइनेछ ।

प्रतियोगिताको विजेताले १ करोड युरो पुरस्कार पाउनेछ । उपविजेतालाई ७० लाख र सेमिफाइनल पुग्ने देशलाई ५० लाख यूरो प्रदान गरिनेछ ।

यस्तै क्वार्टरफाइनल पुग्ने देशले ३२ लाख ६० हजार युरो र अन्तिम १६ मा पुग्ने देशले २० लाख युरो पाउनेछन् ।

समूह चरणमा जित्नेले १५ लाख प्राप्त गर्नेछन् । खेल बराबरीमा दुवै टिमले बराबरी बाँड्नेछन् । यस्तै यूरोकपमा छनोट हुने टिमले ९२ लाख ५० हजार युरो पाउनेछन् ।

कुन देश कुन समूहमा

समूह ए : टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी : नेदरल्याण्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी ।

जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, दुईजना घाइते

विराटनगर । जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा सोलुखुम्बुमा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

विद्युतको मेन तारमा जेसिबीले छुइन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका-५ का २६ वर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिबी चालक स्याङ्जाका २३ वर्षीय राम परियार रहेका छन् ।

घाइतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका-८ का १९ वर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० वर्षीया लिला परियार रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सोलुबाट गएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

चुरे दोहन र मूल्यवृद्धिविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिहरू)

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चुरे दोहन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

शुक्रबार अखिल क्रान्तिकारीले चुरे उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारी निर्णय र लगातार रुपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शन सुरु हुनासाथ प्रहरीले क्रान्तिकारीका केही विद्यार्थी नेतालाई गिरफ्तार गरेको छ ।

तस्बिरहरू :

पोखरीमा नुहाउन जाँदा डुबेर पाँच बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर एकैचोटी पाँच बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया- ६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मध्याह्न साढे १२ बजेतिर पोखरीमा नुहाउन गएका पाँचै बालिकाहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ ।

गाउँको पाँच बालिकाको एकैपटक पोखरीमा डुबेर ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना‚ स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं । १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि जोशीलाई बुधबार ललितपुरको इमाडोलस्थित किष्ट अस्पताल लगिएको थियो ।

अहिले जोशीको स्वास्थ्यमा उलेख्य सुधार भएको र स्वासप्रश्वास तथा रक्तचाप सबै सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

हाल उनको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कस्तो बनाए ओलीले नयाँ सरकार ?

काठमाडौं । संसद् विघटन गरेर ‘कामचलाउ’ बनेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नहुने दाबी गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीसहित राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गर्‍यो ।

सर्वोच्चले मन्त्रिपरिषद् विस्तार गर्नुको कारण सात दिनभित्र लिखित रुपमा पेश गर्नू भनेको भोलिपल्ट बिहीबार ओलीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार जायज कि नाजायज भन्नेबारे त सर्वोच्चमा मुद्दा विचाराधीन नै छ । योमात्र होइन‚ संसद विघटन संवैधानिक कि असंवैधानिक भन्नेबारेमा पनि मुद्दा विचाराधीन अवस्थामै छ ।

अघिल्लो मन्त्रिपरिषद्‌बाट बहुसंख्यक मन्त्रीलाई अप्रत्यासित रुपमा हटाएका प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिपरिषद्मा आशालाग्दा अनुहारलाई भने खासै समेटेका छैनन् । यद्यपि, धेरैजसो ‘नयाँ अनुहार’को कामको परीक्षण हुन भने बाँकी नै छ ।

यसैपनि न्यून सहभागिता हुने मन्त्रीपरिषद्‌मा यसपटक पनि दलितको सहभागिता अन्त्यन्तै न्यून छ । २५ सदस्यीय मन्त्रीपरिषद्‌मा एकजना राज्यमन्त्रीमात्र दलित समुदायबाट परेकी छन्- आशाकुमारी विक ।

यसअघिको मन्त्रिपरिषद् विस्तारमा केही ‘अचम्मका’ निर्णय गरेका प्रधानमन्त्री ओलीले यसपटक पनि केही त्यस्तै निर्णय गरेका छन् । भलै, प्रदीपकुमार ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्र मन्त्रालय जिम्मा लगाउँदै उपप्रधानमन्त्रीसमेत बनाइएपछि बाँकी मन्त्री उनीभन्दा ‘जुनियर’हरु नै हुनेमा भने शंका थिएन ।

तराईको प्रतिनिधित्व उल्लेख्य, महिला र दलितको समावेशिता कमजोर
नयाँ मन्त्री परिषद्‌मा ५ जना महिला मन्त्री बनेका छन्‚ जुन मन्त्रिपरिषद्को जम्मा २० प्रतिशत हो । नैनकला थापा, चन्दा चौधरी र ज्वालाकुमारी साह क्रमशः सञ्चार तथा सूचना‚ प्रविधि मन्त्री, महिला बालबालिका तथा जेष्ठ नागरिक र कृषि तथा पशुपन्छीमन्त्री बनेका छन् । रेणुका गुरुङ र आशाकुमारी विक क्रमशः महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री र वन तथा वातावरण राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीले एक हप्तामा दुई पटक विस्तार गरेको मन्त्रीपरिषद्‌मा तराईको र त्यसमा पनि प्रदेश नम्बर २ को प्रतिनिधित्व हावी छ । आफूअनुकूल सत्ता सन्तुलन मिलाउन प्रधानमन्त्री ओलीले महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा सामेल गराएसँगै मन्त्रीपरिषद्‌मा ११ जना मन्त्री दिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार जसपाका राजकिशोर यादवलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

११ मन्त्री पाएको जसपामा जम्मा दुईजना महिलाले मौका पाएका छन्‚ त्यो पनि राज्यमन्त्रीमा ।

यसैपनि न्यून सहभागिता हुने मन्त्रीपरिषद्‌मा यसपटक पनि दलितको सहभागिता अन्त्यन्तै न्यून छ । २५ सदस्यीय मन्त्रीपरिषद्‌मा एकजना राज्यमन्त्रीमात्र दलित समुदायबाट परेकी छन्- आशाकुमारी विक ।

मन्त्रीपरिषद्‌मा आदिवासी जनजाति समुदायबाट ५ मन्त्री र १ राज्यमन्त्री गरी ६ जना छन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ्ग, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, सञ्चारमन्त्री नैनकला थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ मन्त्री भएका छन् ।

त्यसैकारण एमालेभित्र पनि धेरै योगदान गरेका, चुनावमा पार्टीको शाख जोगाएका धेरै जनाले मौका नपाउँदा खासै नाम नसुनिएकाहरू मन्त्री बनिरहेका छन् । यसप्रतिको गुनासो भने सामाजिक सञ्जालहरुमा देखिन थालेको छ ।

प्रादेशिक सहभागिताका हिसाबले सम्भवतः इतिहासमै पहिलोपटक प्रदेश नम्बर २ ले बहुमत मन्त्री पाएको छ । २५ सदस्यीय मन्त्रीपरिषद्‌मा १४ जना प्रदेश नं २ कै मात्र मन्त्री छन् । यो ५६ प्रतिशत हो ।

चयनमा आफ्नै हात‚ जगन्नाथ
मन्त्री चयन प्रधानमन्त्री ओलीकै तजविजमा गरिएको छ । किनभने एमालेको कुनै बैठकले मन्त्री बन्नेहरुको नाम तय गरेको जानकारीमा छैन । खास के आधारमा मन्त्री हुनेको नाम तय गरिएको हो भन्नेबारे कसैले बताएका छैनन् । उनी निकट एमालेका एक नेताका अनुसार जसपा र पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुसँग मन्त्री बन्नेको नाम मागिएको थियो । एमालेभित्रका नाम भने ओलीले नै चयन गरेका हुन् ।

त्यसो त मन्त्रीको कार्यक्षमता मूल्यांकनका लागि फारम भराएर अंक दिने अभ्यास पनि गरेका ओली त्यहि कार्यक्षमतामा कमजोर भनेर फालिएका व्यक्तिलाई अझ बढुवा गर्दै मन्त्रिपरिषद्मा सामेल गराउन समेत पछि परेका छैनन् ।

त्यसैकारण एमालेभित्र पनि धेरै योगदान गरेका, चुनावमा पार्टीको शाख जोगाएका धेरै जनाले मौका नपाउँदा खासै नाम नसुनिएकाहरू मन्त्री बनिरहेका छन् । यसप्रतिको गुनासो भने सामाजिक सञ्जालहरुमा देखिन थालेको छ ।

दम्पत्तिको आलोपालो
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारमा श्रीमान-श्रीमतिलाई नै आलोपालो मन्त्री बनाउने क्रम यसपटकको विस्तारमा पनि कायमै राखेका छन् । अघिल्लो पटक जुलीकुमारी महतोलाई हटाएर उनका श्रीमान् रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनाएका उनले यसपटक रामबहादुर थापा बादलकी श्रीमति नैनकला थापालाई मन्त्री बनाएका छन् ।

अधिकारी स्वास्थ्यमन्त्रीका रुपमा भने सफल मन्त्री मानिन्छन् । गृह मन्त्रालय पाएका खरो र तार्किक स्वभावका खगराजले कसरी हाँक्छन् त्यो हेर्न बाँकी छ ।

थापा पूर्वमाओवादी नेता पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । बादललगायत माओवादीबाट एमाले बनेका नेताहरुलाई सर्वोच्च अदालतले मन्त्री बनाउन नहुने फैसला गरेपछि पद गुमाएका बादलले श्रीमतीलाई मन्त्री बनाएका हुन् । राष्ट्रिय महिला आयोगमा एक कार्यकाल अध्यक्ष बनेकी उनी माओवादी विद्रोहका बेला भूमिगत भएकी थिइन् । तर त्यसपछिका चुनावमा उनी सांसद बनिनन् ।

बाँस्कोटा र बस्नेतलाई पाखा लाएर अधिकारीलाई गृह
मन्त्रिपरिषद् विस्तारका लागि बाँकी रहेका मध्ये गृह मन्त्रालय धेरैको चासो भएको मन्त्रालय थियो । ओलीले आफ्ना अति विश्वासपात्रलाई लैजाने लख काटेर धेरेजसोले कसलाई गृहमन्त्री बनाउलान् भन्ने कुरालाई चासोका साथ हेरेका थिए ।

दौडमा भक्तपुरका महेश बस्नेत र काभ्रेका गोकुल बाँस्कोटालाई पछि पार्दै कास्कीका खगराज अधिकारीले महत्वपूर्ण मन्त्रालय पाएका हुन् । यसैपनि महत्वपूर्ण मानिने गृह मन्त्रालय प्रधानमन्त्री ओलीले घोषणा गरेअनुसार मध्यावधि चुनाव भयो भने झनै महत्वपूर्ण हुनेछ । तर यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ ।

अधिकारी स्वास्थ्यमन्त्रीका रुपमा भने सफल मन्त्री मानिन्छन् । गृह मन्त्रालय पाएका खरो र तार्किक स्वभावका खगराजले कसरी हाँक्छन् त्यो हेर्न बाँकी छ ।

नयाँलाई मौका
प्रधानमन्त्री ओलीले खासगरी एमालेभित्रबाट धेरैजसो नयाँ नेतालाई मन्त्रीको मौका दिएका छन् ।

बिहीबार थप गरिएका ८ मध्ये एमालेका ७ जना मन्त्री छन् । उनीहरुमध्ये गृहमन्त्री खगराज अधिकारीबाहेक सबै नयाँ मन्त्री हुन् । मन्त्रीहरू नयाँ त छन्‚ तर संघीय सरकारको मन्त्री बन्नका लागि आवश्यक दक्षता छ कि छैन भन्ने चाहिँ उनीहरुको कामबाटै परख हुनेछ ।

सुदूपश्चिममा एमाले विवाद उत्कर्षमा : संसदीय दलको नेता नमान्न सभामुखलाई पत्र

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताको हैसियतमा प्रकाशबहादुर शाहलाई स्वीकार नगर्न भन्दै सभामुखलाई पत्र पठाएको छ । प्रदेश कमिटीले नेता शाहले गरेका काम, कारबाही स्वीकार नगर्नसमेत अनुरोध गरेको छ ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहीबार सभामुख अर्जुनबहादुर थापालाई पत्र लेख्दै यस्तो अनुरोध गरेका हुन् ।

पत्रमार्फत शाहले पार्टी विरोधी र राजनीतिक आचरणविपरीत क्रियाकलाप गरेकाले उनीमाथि कारबाही प्रक्रिया थालिसकेको जानकारी गराइएको छ ।

पत्रमा संसदीय दलको विधान २०७८ समेत पार्टीबाट अनुमोदित नभएकाले संसदीय दलका नेता शाहले गर्ने काम कारबाही वैधानिक नहुने उल्लेख गरिएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका शाह सहित १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि सुदूरपश्चिममा एमाले विवाद थप चर्किएको छ ।

भट्टको विपक्षमा मतदान गर्ने ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाईं संसदीय दलका नेता शाहले स्पष्टीकरण सोधेका छन् भने ओली पक्षीय प्रदेश कमिटीले नेता शाहसहित माधव पक्षका १७ जनासँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

‘देवभूमी सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ अभियान’देखि ‘नमुना गाउँ,आफैं बनाऔं’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश सभाको आज (बिहीबार) को बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै केही नयाँ कार्यक्रम समेटिएका छन् ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासमा जोड दिइएको छ । त्यस्तै रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक क्षेत्रको पुनरुत्थानलगायतका क्षेत्रलाई समेटेर बजेट तर्जुमा गरिने उल्लेख छ ।

यसैगरी विकाससँग रोजगारी कार्यक्रम, सबैका लागि शिक्षा अभियान, द्वारिकादेवी महिला सशक्तीकरण कार्यक्रम, प्रदेश गौरवका योजना, सरकारी स्वास्थ्य संस्थाको क्षमता बिस्तार, प्रदेश निजामती अस्पतालको स्थापना, वित्तीय पहुँच अभिवृद्धि, भौगोलिक सञ्चार प्रणाली विस्तार, लगानी मैत्री वातावरणमा जोड दिइनेछ, प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।

एक जिल्ला एक नमूना क्याम्पस स्थापना, एक स्थानीय तह एक पुस्तकालय स्थापना, देवभूमी सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ अभियान, विज्ञान प्रविधि प्रतिष्ठान स्थापना, विकाससँग रोजगारी कार्यक्रम, एक निर्वाचन क्षेत्र एक खेल मैदान स्थापना, मुख्यमन्त्री खेलकुद, प्रदेशका गाउँ उज्यालो बनाउँ, मुख्यमन्त्री एकिकृत बस्ती विकास कार्यक्रम, आवास सुधार कार्यक्रम, नमुना गाउँ,आफैँ बनाऔंलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा अटाएका छन् ।

यस्तै सडक दुर्घटना, चोरी, लुटपाट जस्ता घटना न्यूनीकरणका लागी राजमार्गमा सिसिटिभी जडान, नागरिक सीमा हेल्प डेस्क प्रभावकारी व्यवस्थापन, शान्ति सुरक्षा, प्रदेश प्रहरीको भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश सभाको अर्को बैठक जेठ २८ गते दिउसो ३ बजे बस्ने कार्यतालिका छ ।