टुडिखेलमा प्रधान मन्त्री देउवाद्वारा तमु ल्होसार २०७८ उद्घाटन (तस्बिरहरू)

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

यसैको अवसरमा प्रधान मन्त्री शेरबहादुर देउवाले टुडिखेलमा आयोजित तमु ल्होसार २०७८ को उद्घाटन गरेका छन् । पानसमा बत्ती बालेर बेलुन उडाई उनले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रधान मन्त्री देउवालाई आयोजकले गुरुङ पहिरन पहिराइदिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *