साउन १ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
राशिफल
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरको आवश्यक काममा समय बित्नेछ। आम्दानी र खर्चको सन्तुलन मिलाउन सफल हुनुहुनेछ। परिवारको सल्लाहले सही बाटो देखाउनेछ। कुनै पनि निर्णयमा हतार नगर्नु राम्रो हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ अवसरले आत्मविश्वास बढाउनेछ। कसैले गरेको भरोसा निभाउने अवसर मिल्नेछ। आफ्नो बोलीमा नम्रता राख्नुभयो भने सम्मान बढ्नेछ। बेलुकातिर मन रमाउने समाचार प्राप्त हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ९ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरका साना काम एकपछि अर्को गर्दै सकिनेछन्। धेरै दिनदेखि मिलाउन बाँकी रहेको विषय पनि समाधानतर्फ जानेछ। शरीरलाई आराम दिनु पनि आवश्यक हुनेछ। परिवारसँग बिताएको समय सम्झनलायक बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। सामान्य कुराकानीले पनि मन खुसी बनाउनेछ। अरूको सहयोगले एउटा काम सजिलै पूरा हुनेछ। हाँसिलो व्यवहारले सम्बन्ध अझ राम्रो बनाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचारले मन प्रसन्न बनाउनेछ। सोचेर गरेको निर्णयले पछि फाइदा दिनेछ। रिसलाई नियन्त्रणमा राख्दा धेरै कुरा मिल्नेछन्। आफ्नो योजना सबैलाई नबताउनु नै उचित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरबाहिर निस्कने अवसर मिल्नेछ। नयाँ ठाउँ वा नयाँ व्यक्तिसँगको भेटले दिनलाई रोचक बनाउनेछ। आफूलाई मनपर्ने कामका लागि पनि समय निकाल्नुहोस्। सानो परिवर्तनले नयाँ उत्साह ल्याउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधुरा रहेका काम पूरा गर्ने मन बन्नेछ। धेरै कुरा एकैपटक नगरी क्रम मिलाएर अघि बढ्नु राम्रो हुनेछ। घरका सदस्यले तपाईंलाई साथ दिनेछन्। बेलुकातिर आराम गर्ने समय निकाल्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। सबैको विचार सुनेर निर्णय गर्दा राम्रो हुनेछ। साथीसँग मिलेर बनाएको योजना अघि बढ्नेछ। दिनको अन्त्यमा मनमा सन्तोष रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च र आम्दानीबीच सन्तुलन कायम रहनेछ। आफूले थालेको काम पूरा गर्दा ढुक्क महसुस हुनेछ। परिवारसँग बसेर बिताएको समयले खुसी थप्नेछ। आफ्ना आवश्यकतालाई पनि ध्यान दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको है।








