कोरोना बढेपछि मुम्बईमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध

मुम्बई । मुम्बईमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । भारतको नयाँ दिल्ली र मुम्बईमा पछिल्ला केही हप्तायता सङ्क्रमण बढेको हो ।

कोरोना संक्रमणमा वृद्धि भएसँगै यहाँका सार्वजनिक स्थलहरूमा हुने कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले बताएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा नयाँ वर्षका कार्यक्रमहरूको आयोजना गरिएको र त्यसले झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरू गर्ने काममा प्रतिबन्ध लगाएको हो ।

रातिमा कर्फ्यू नलगाइने तर पनि मानिसहरू जमघट हुने र समारोहहरू गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।

गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जनाको हाराहारीमा सङ्क्रमित पाइएकोमा केहि दिनयता भने कम्तीमा पनि दुई हजार सङ्क्रमित भेटिएका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *