आन्दोलित विद्यार्थीसामु झुके मोदी: नीट प्रकरणमा ‘फास्ट ट्र्याक’ अदालत गठन गरिने

काठमाडौँ । अखिल भारतीय मेडिकल प्रवेश परीक्षा (NEET-UG) को प्रश्नपत्र बाहिरिएको (पेपर लीक) प्रकरणलाई लिएर देशभर विद्यार्थीहरूको विरोध प्रदर्शन जारी रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीहरूमाथि छिटो र कडा कारबाही गर्न ‘फास्ट ट्र्याक कोर्ट’ (द्रुत अदालत) गठन गर्ने घोषणा गरेका छन् ।

विद्यार्थीहरूको आन्दोलनका बीच प्रधानमन्त्री मोदीले देशका युवाहरूको हित र भविष्य नै सरकारको सबैभन्दा ठूलो प्राथमिकता रहेको स्पष्ट पार्दै कडा मेहनत गर्ने विद्यार्थीहरूको भविष्यसँग कुनै पनि हालतमा अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

परीक्षा प्रणालीलाई पूर्ण रूपमा पारदर्शी र भरपर्दो बनाउनका लागि निरन्तर कदम चालिने बताउँदै उनले पेपर लीकका केसहरूमा ढिलाइ नगरी द्रुत न्याय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत गठन गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसका लागि सम्बन्धित मन्त्रालय तथा विभागहरूलाई आवश्यक कानूनी र प्राविधिक प्रक्रिया तुरुन्त पूरा गर्न निर्देशन दिइसकिएको छ, जसले गर्दा मुद्दाहरू लामो समयसम्म अल्झिएर नबसून र दोषीहरूलाई समयमै कडा सजाय दिलाउन सकियोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =