कर्णाली : मन्त्रीबिनाका मन्त्रालयमा मुख्य मन्त्री शाहीको छड्के

सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीले मन्त्रीबिनाका मन्त्रालयमा छड्के हानेका छन् ।

मुख्य मन्त्री शाहीले बुधबार तीनवटा मन्त्रालयको छड्के निरीक्षण गरेका हुन् । शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छड्के अनुगमन गरेका हुन् । कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन नसक्दा विगत दुई महिनादेखि ती मन्त्रालयहरू मन्त्रीविहीन अवस्थामा रहेका छन् ।

छड्केका क्रममा बुधबार देशभर नै बदली रहेको मौसमका कारण तीनवटै मन्त्रालयमा अधिकांश कर्मचारीहरू अनुपस्थित भएको र चिसोको बहाना बनाएर मन्त्रालयमा ढिलो उपस्थित भएका, केही जानकारीबिनै मन्त्रालयमा नआएको पाइएको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्य मन्त्री शाहीले कर्मचारीलाई निर्देशन दिँदै समयको व्यवस्थापनमा ध्यान दिन आग्रहसमेत गरेका छन् । साथै समय पैसा र समय जीवन भएकाले कुनै पनि कर्मचारीले बहाना बनाएर समय टार्ने झुट नबोल्नसमेत चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *