गुर्जामा हिमपहिराे, एक जना बेपत्ता

पाेखरा । म्याग्दीको गुर्जामा हिमपहिराेका कारण एक जना बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका-१, गुर्जामा पहिराेका कारण तीन जना अलपत्र परेका छन् ।

भारी हिमपातपछि झरेकाे पहिराेमा भेडीगाेठमा बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको प्रहरीले जनाएकाे छ ।

जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेका छन् । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बाेलाएकाे गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *