टुँडिखेलमा ल्होसार रौनक (तस्बिरहरू)

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

तमु ल्होसारको अवसरमा देशका धेरै स्थानमा विभिन्न कार्यक्रहरू गरिएका छन् । त्यस्तै काठमाडौँको टुँडिखेलमा पनि गुरुङ समुदायले धुमधामसँग तमु ल्होसार मनाएका छन् । कसैले गुरुङ पहिरनमा सजिएर घाटु नाच प्रदर्शन गरिरहेका छन् भने कोहि झ्याम्टाहरू बजाई ल्होसार पर्व मनाइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *