महिला भलिबल टिमका खेलाडीलाई जनही पाँच लाख दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ को विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको प्रस्तावमा खेलाडीलाई प्रोत्साहनवापत प्रतिखेलाडी पाँच लाख दिने निर्णय भएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालले मंगलबार बंगलादेशको ढाकामा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई हराउँदै उपाधि रक्षा गर्न सफल भएको थियो । नेपाल प्रतियोगितामा अपराजितसमेत रहेको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *