फिफा विश्वकप २०२६ को गोल्डेन बुट फ्रान्सका किलियन एम्बाप्पेलाई
कसले कुन पुरस्कार पाए ?

काठमाडौँ। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे ले फिफा विश्वकप २०२६ को गोल्डेन बुट जितेका छन्। प्रतियोगिताभर उत्कृष्ट गोल प्रदर्शन गरेका उनले १० गोल गर्दै सर्वाधिक गोलकर्ताका रूपमा प्रतियोगिता टुङ्ग्याए।
फ्रान्स तेस्रो स्थानको खेलमा इङ्ल्यान्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले उक्त खेलमा दुई गोल गर्दै आफ्नो कुल गोल संख्या १० पुर्याएका थिए। त्यससँगै उनले अर्जेन्टिनाका लियोनल मेसी (८ गोल) लाई पछि पार्दै गोल्डेन बुट आफ्नो नाममा सुरक्षित गरेका हुन्।
एम्बाप्पेका लागि यो अर्को ऐतिहासिक उपलब्धि पनि बनेको छ। उनले लगातार दोस्रो पटक विश्वकपमा गोल्डेन बुट जित्दै आफ्नो नाम विश्व फुटबलको इतिहासमा अझ मजबुत बनाएका छन्। साथै, तीनवटा विश्वकपमा गरी २२ गोल पूरा गर्दै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि बनेका छन्।
विश्वकप २०२६ शीर्ष गोलकर्ता:
किलियन एम्बाप्पे (फ्रान्स) – १० गोल
लियोनल मेसी (अर्जेन्टिना) – ८ गोल
एर्लिङ हालान्ड – ७ गोल








