नेपालले घरेलु मैदानमा भारत ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौँ । नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग तीन खेलको टी–२० सिरिज खेल्ने भएको छ । सिरिजले नेपाली टोलीलाई बलियो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सार्वजनिक गरिएको तालिका अनुसार सिरिजका तीनवटै खेल डिसेम्बर महिनामा हुनेछन् ।

यस्तो छ खेल तालिका

डिसेम्बर ९ – पहिलो टी–२०
डिसेम्बर ११ – दोस्रो 
डिसेम्बर १३ – तेस्रो 

भारत ‘ए’ जस्तो प्रतिस्पर्धी टोलीसँग घरेलु मैदानमा खेल्नु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण अवसर मानिएको छ ।

सिरिजले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउनुका साथै समर्थकलाई पनि रोमाञ्चक क्रिकेटको आनन्द दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =