विश्वकपमा अहिलेसम्म ८ राष्ट्रको मात्र राज: ब्राजिल सबैभन्दा सफल, स्पेन दोस्रो पटक च्याम्पियन

काठमाडौं । सन् १९३० मा सुरु भएको फिफा विश्वकपको २३ संस्करणसम्म आइपुग्दा केवल आठ राष्ट्रले मात्रै विश्व फुटबलको सर्वोच्च उपाधि जित्न सफल भएका छन् ।

सन् २०२६ को विश्वकपमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्व च्याम्पियन बन्ने इतिहास रचेको हो । अहिलेसम्म ब्राजिल सबैभन्दा सफल टोली बनेको छ। ब्राजिलले पाँच पटक विश्वकप जितेको छ ।

जर्मनी र इटालीले समान चार–चार पटक उपाधि जितेका छन् भने अर्जेन्टिनाले तीन पटक विश्वकप उचालेको छ । स्पेनको २०२६ को सफलतापछि फ्रान्स, उरुग्वे र स्पेन समान दुई–दुई पटकका विश्व विजेता बनेका छन् ।

इंग्ल्यान्डले भने एक पटक मात्रै विश्वकप जितेको छ। हाल सम्म विश्वकप उपाधि जित्ने राष्ट्रहरू (१९३०–२०२६) ब्राजिल – ५ पटक (१९५८, १९६२, १९७०, १९९४, २००२) जर्मनी – ४ पटक (१९५४, १९७४, १९९०, २०१४) इटाली – ४ पटक (१९३४, १९३८, १९८२, २००६) अर्जेन्टिना – ३ पटक (१९७८, १९८६, २०२२) फ्रान्स – २ पटक (१९९८, २०१८) उरुग्वे – २ पटक (१९३०, १९५०) स्पेन – २ पटक (२०१०, २०२६) इंग्ल्यान्ड – १ पटक (१९६६) विश्वकपको इतिहासमा अहिलेसम्म युरोप र दक्षिण अमेरिकाबाहेक कुनै पनि महादेशको टोलीले उपाधि जित्न सकेको छैन ।

२०२६ मा स्पेन च्याम्पियन बनेसँगै विश्वकप उपाधि जित्ने राष्ट्रहरूको संख्या भने अझै आठमै सीमित रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =