फ्रान्सेली राज दूतलाई मुख्य मन्त्रीले भने- पर्यटनमा सघाइदिनुस्

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि फ्रान्सका राज दूत ग्रिल्स ब्रोबाओबीच भेट भएको छ ।

बुधबार मुख्य मन्त्री कार्यालयमा भएको भेटका क्रममा गण्डकी प्रदेशको पर्यटकीय विकासका विषयमा छलफल भएको छ । फ्रान्सले नेपालका लागि गरेको सहयोगप्रति धन्यवाद दिँदै मुख्य मन्त्री पोखरेलले प्रदेशको पर्यटकीय विकासमा सहयोग गर्न आग्रह गरे ।

सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बन्दै गएको पोखरेलले बताए । उनले गण्डकी प्रदेश विकासको आधार पर्यटन नै रहेकाले अन्तरराष्ट्रिय गतिविधि विस्तारका लागि उनले आग्रह गरेका हुन् । यसबाहेक जलविद्युतमा समेत सहयोगको अपेक्षा पोखरेलेको छ ।

नेपालका लागि फ्रान्सका राज दूत ग्रिल्स ब्रोबाओले नेपालीको बहु पक्षीय विकासका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताए । फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेर कीर्तिमान रचेको स्मरण गर्दै उनले गण्डकी र आसपासको क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *