दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ । स्थलगत अनुगनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

विभागले सोमबार १० वटा फर्ममा अनुमगन गरेको थियो । त्यसमध्ये आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मीसहितको उपस्थितिमा विभागले नियमित अनुमगन गरेको उल्लेख गरेको छ ।

व्यावसायिक फर्महरुको अनुमगन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =