टिमको कप्तान परिवर्तन गर्ने अधिकार क्यानसँग मात्र छ : दसानायके

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको स्पष्ट पारेका छन् ।

मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताएका हुन् । आफूले क्यान र खेलाडी दुवै पक्षसँग छलफल गरेको दसानायकेले बताए ।

क्यानले गतमहिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो ।

उनले आफ्नो ध्यान विश्वकप छनोटमा रहेको र छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने समेत बताए । दुई चरणमा क्याम्प आयोजना गर्ने उनको भनाइ छ । प्रशिक्षक पुबुदुले छनोटअघि केहि सिरिजका लागि छलफल भएको समेत बताए ।

मुख्य प्रशिक्षक दसानायकेले आफू दोस्रो पटक नेपाल आउन पाउँदा खुसी लागेको समेत बताए ।

नेपाली युवा खेलाडीमा प्रतिभा रहेको भन्दै मुख्य प्रशिक्षक दसानायकेले अरु एसोसिएट देशमा यस्तो नदेखिएको टिप्पणी गए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *