अलराउन्डर वरियताको चौथो स्थानमा उक्लिए दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी–२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको प्रदर्शनका आधारमा बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा ऐरी पाँचौँ स्थानबाट एक स्थान माथि उक्लिएका हुन् । उनको रेटिङ अंक हालसम्मकै उच्च २५६ पुगेको छ ।

हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको थियो । उक्त प्रतियोगितामा ऐरीले ब्याटिङको सीमित अवसर पाए पनि प्रभावकारी प्रदर्शन गरेका थिए ।

चार खेलमध्ये दुई खेलमा ब्याटिङ गरेका उनले कुल ४० रन बनाउनुका साथै ४ विकेट पनि लिएका थिए ।

अलराउन्डर वरियतामा जिम्बाबेका सिकन्दर राजा शीर्ष स्थानमा यथावत् छन् । उनको रेटिङ अंक ३२८ रहेको छ ।

भारतका हार्दिक पाण्ड्या दोस्रो स्थानमा कायम रहँदा पाकिस्तानका सायम अयुब तेस्रो स्थानमा छन् । यसैगरी, अघिल्लो वरियतामा चौथो स्थानमा रहेका अजमतुल्लाह उमरजाई पाँचौँ स्थानमा झरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =