प्रदेश १ का ३ राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै, खुल्यो कार्यालय

विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको चहल पहल सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयले प्रदेश १ को विराटनगरमा प्रदेश निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि त्यसको चहलपहल सुरु भएको हो ।

बिहीबार एक कार्यक्रमका बिच राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । ४ वर्षे कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । प्रदेश १ मा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सांसदहरूले निर्वाचनमा मतदान गर्नेछन् ।

प्रदेश सभाका ९२ जना सांसद र स्थानीय तहका २७२ मतदाताले निर्वाचनमा सहभागिता जनाउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकाश्यप अधिकारीका अनुसार स्थानीय तहको मतभार १८ र प्रदेश सांसदको ४८ हुनेछ । प्रदेश १ मा राष्ट्रिय सभाका ३ सदस्य अगमसिंह वान्तवा, पर्शुराम मेघी गुरुङ र नैनकला ओझाको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *