‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईलाई

काठमाडौं । मदन भण्डारी फाउन्डेसनले २०८२ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’लाई प्रदान गर्ने भएको छ ।

इलामको सूर्योदय नगरपालिका–११, केराबारीमा जन्मिएका अनुसन्धानकर्ता राईकृत मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेतशार्दूल’लाई रु दुई लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कार्यवाहक सचिव डा भेषराज अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही असार १४ गते जननेता भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसहित पुरस्कार वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =