एमाले मोरङ अधिवेशन पुस २३ गते, १३ सय प्रतिनिधि सहभागी हुने

विराटनगर । नेकपा एमाले मोरङको नवौँ जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरूबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालय पाञ्चालीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले जानकारी दिए ।

पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरू आयोजकका रुपमा प्रतिनिधि रहने बताए ।

जिल्ला सल्लाहकार परिषद् र जिल्ला ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १०/१० जना प्रतिनिधि चयन हुने प्रचार प्रसार उपसमितिका संयोजक खतिवडाले बताए । उनका अनुसार जनसंगठनहरूबाट जिल्ला स्तरमा ५/५ जना, मजदुरका सम्पूर्ण शाखा र ट्रेड युनियन महासंघबाट २१ जना, मोरङ-काठमाडौँ सम्पर्क मञ्चबाट पाँच जना, पिछडा वर्ग महासंघ (ओबिसी)बाट पाँच जना, दलित पार्टी सदस्यहरुको भेलाबाट २५ जना बराबर १ प्रतिनिधि छनोट हुनेछन् ।

जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने आर्थिक स्रोतका लागि पार्टी सदस्यहरूलाई मुख्य आधार बनाई मोरङमा रहेका करिब ३५ हजार पार्टी सदस्यहरू प्रत्येकबाट ५०-५० का दरले अधिवेशन सहयोग रकम संकलन गरिने र प्रतिनिधिहरूबाट ५०० र आयोजकबाट १ हजार शुल्क लिइने खतिवडाले बताए ।

‘वैचारिक गतिशील र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध संगठन, एमालेको नेतृत्वमा समृद्ध मोरङ’ नाराका पुस २३ र २४ गते विराटनगरमा हुने अधिवेशनमा लोकतन्त्रको उच्चतम प्रयोग गरिने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

‘सकेसम्म सर्वसम्मत, नभए निर्वाचन प्रक्रियामा १६५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ,’ उनले भने, ‘अधिवेशनले पदाधिकारी सहित जिल्ला कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *