एमाले दैलेख अध्यक्षमा सुशिल थापाको दाबी

सुर्खेत । नेकपा एमाले दैलेखको अध्यक्षमा युवा नेता सुशिल थापाले दाबी गरेका छन् । शुक्रबारबाट शुरू भएको एमाले दैलेखको सातौं जिल्ला अधिवेशनमा नेता थापाले पार्टी अध्यक्षमा उम्मेदारी घोषणा गर्ने बताएका हुन् ।

थापाले पार्टीलाई समग्रमा एक ढिक्का बनाएर पार्टीभित्र भएका कमीकमजाेरीलाई सुधार गरेर अगाडि लैजान र जनताको बुहुदलीय जनवादलाई बचाएर राख्नको लागि पार्टी अध्यक्षमा आफ्नो दाबी रहेको बताए ।

नेता थापाले भने, ‘मैले दैलेख जिल्लालाई नै कम्युनिष्टको लालकिल्ला बनाउन, आगामी दिनमा हुने जिल्लाभित्रका सबै निर्वाचनमा नेकपा एमालेलाई जिताउन, पार्टीमा योग्दान गरेरका नेताहरूकाे उचित, मूल्याङ्कन सम्मान र युवाहरूलाई प्राेत्साहन गर्नको लागि अध्यक्ष पदमा दाबी गरेको छु ।’

थापा विगतमा विद्यार्थी राजनितीबाट नै सक्रिय रूपमा राजनीतिमा होम्मिएका नेता हुन् । थापा जिल्ला कमिटी हुँदै हाल दैलेख क्षेत्र नम्बर २ बाट कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका छन् ।

थापाको कोरोना महामारीको पहिलो, दोस्रो चरणमा भएको लकडाउनका कारण समस्यामा परेका जनतालाई उद्धार गर्नमा महत्त्वूर्ण भूमिका रहेको थियो । साथै दैलेखी जनताका मन मुटुमा बस्न सफल प्रिय नेताका रूपमा पनि थापा चिनिन्छन् ।

यस्तै, यस अघि अध्यक्षका लागि नन्दकिशोर बस्नेतले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *