जिल्ला कमिटीहरूलाई ओलीकाे निर्देशन- सहमतिबाट नेतृत्व टुङ्ग्याउनुस्

काठमाडाैँ । एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीलेले ६३ वटा जिल्ला अधिवेशनकाे उद्घाटन गरेका छन् । काठमाडाैँकाे केन्द्रीय कार्यालयकाे एक्सन रूमबाट ओलीले जिल्ला अधिवेशनहरूकाे उद्घाटन गरेका हुन् ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै ओलीले सहमतिबाट जिल्ला नेतृत्व टुङ्ग्याउन आग्रह गरेका छन् । ‘एमालेले शुरूदेखि नै सहमतिबाट नेतृत्व चयन गर्दै आएकाे छ,’ ओलीले भने, ‘नभए पनि स्वस्थ प्रतिस्पर्धा अपनाउँदै आएकाे छ । जिल्लाहरूमा सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्नुस्, प्रतिस्पर्धा नै हुने भयाे भने पनि स्वस्थ प्रतिस्पर्धा गर्नुस् ।’

एमालेले शुक्रबार नै ७७ वटै जिल्लाहरूमा अधिवेशन गर्ने भनेपनि खासगरी हिमाली जिल्लाहरूमा हुन नसकेकाे एमाले महासचिव शंकर पाेखरेलले बताए । कुनै जिल्लाहरूमा तयारी नपुग्दा पनि अधिवेशन स्थगित गर्नुपरेकाे बताएका छन् ।

एमालेले मंसिरमा राष्ट्रिय महाधिवेशन गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *