ओलीको प्रक्षेपण- ‘राष्ट्रिय सभाको परिणाम हाम्रो प्रतिकूल आउन सक्छ’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम आफ्नो दलप्रतिकूल आउन सक्ने बताएका छन् । शुक्रबार काठमाडौँको केन्द्रीय कार्यालयको एक्सन रूमबाट ६३ वटा जिल्लाहरूको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘राष्ट्रिय सभा निर्वाचनको परिणाम हाम्रो प्रतिकूल आउन सक्छ, तर यसबाट अत्तालिहाल्नुपर्ने कुरा छैन ।’

अहिलेको राष्ट्रिय सभाको मत जनमत नभई पहिल्यै निर्वाचित प्रतिनिधिहरूको मत भएको भन्दै ओलीले थपे, ‘अहिले अरु दलको उम्मेदवारहरूले पाउने मत साढे ४ वर्षअगाडि हामीले मिलाइदिएको मत भन्दा पनि हुन्छ । बीचको अवस्थाका कारण हाम्रो अनुकूल नहुनसक्छ । त्यो ठूलो कुरा होइन ।’

वामपन्थीहरूले प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्दा झन्डै दुईतिहाइ बहुमतको सरकार ढलेकाे ओलीले बताए । माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति इङ्गित गर्दै ओलीले भने, ‘व्यवस्था सिध्याउन लागिएको छ यहाँ । प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्नेहरूले देशलाई राम्रो गरेका छैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *