अहिलेसम्म कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)
काठमाडौँ । स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
हालसम्म मतगणना शुरु भएको एकमात्र उपमहानगरपालिका बुटवलमा गठबन्धनले अग्रता लिएको छ । महानगरपालिका र अन्य उपमहानगरपालिकामा गणना शुरु भएकै छैन ।
देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक रुझनामा गठबन्धन र एमालेका उम्मेदवारहरूले उत्तिकै सङ्ख्यामा अग्रता लिइरहेका छन् । गठबन्धनको बलियो मानिएको धादिङको गल्छी गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजल्ला अमरगढीमा कांग्रेसले अग्रता लिएको छ ।
हालसम्म मतगणना सकिएका मनाङ र मुस्ताङका तीनवटा गाउँपालिकामध्ये एमालेले दुईटामा जितेर अग्रता लिएको छ । मनाङको चामे र मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले जितेको छ भने मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।
- कुन पार्टीले कहाँ जिते ?
एमालेको विजयी सुरुवात, चामेको अध्यक्षमा घले विजयी
कांग्रेसले खोल्यो जितको खाता, नार्पाभूमिमा लामा विजयी
मुस्ताङको लो-घेकर दामोदरकुण्डमा एमाले विजयी
गोरखा नगरपालिका -१ मा कांग्रेस विजयी, मेयरमा पनि कांग्रेसकै अग्रता
अपिहिमालमा गठबन्धनको अग्रता, वडा नम्बर १ काे अध्यक्षमा लोथ्याल विजयी
कञ्चनपुरमा कांग्रेसले जितको खाता खोल्यो, लालझाडी-६ को वडाध्यक्षमा जोशी निर्वाचित
बूढानीलकण्ठ -१ मा एमालेको प्यानल नै विजयी
वडाअध्यक्षमा गोलाप्रथाबाट एमालेका गुरुङ विजयी
बैतडीको सुर्नया-१ को अध्यक्षमा एमालेका चन्द विजयी
स्याङजाको हरिनास १ मा गठबन्धन विजयी
माओवादीले खोल्यो खाता, सानीभेरी १ मा प्यानल नै विजयी
सल्यानको कुमाख १ मा माओवादी केन्द्रको प्यानलै विजयी
बाह्रबिसे-१ मा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी
दैलेखको नौमुले गाउँपालिका-१ मा काँग्रेस विजयी
मुस्ताङको घरपझोङमा अध्यक्ष-उपाध्यक्ष नै कांग्रेस विजयी
मनाङको मनाङ ङिस्याङमा एमालेका घले विजयी
राप्ती गाउँपालिका -९ मा माओवादी विजयी
महावु १ मा एमालेको प्यानल विजयी