मनाङको मनाङ ङिस्याङमा एमालेका घले विजयी

पोखरा । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी कान्छा घले विजयी भएका छन् । उनले कांग्रेसकी छिरिङ ओङमा गुरुङ घलेलाई १ सय ४२ मतान्तरले हराएका हुन् ।

कान्छाले ६ सय ६८ मत प्राप्त गरे भने छिरिङ ओङमाले ५ सय २६ मत ल्याइन् । यस्तै, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ५ सय ९९ मत सहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ५ सय ७ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *