एमालेको विजयी सुरुवात, चामेको अध्यक्षमा घले विजयी

काठमाडौँ । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् । उनी ३२० महितसहित अध्यक्ष पदमा पुनः बिजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए ।

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *