स्याङजाको हरिनास १ मा गठबन्धन विजयी

पोखरा । स्याङजाको हरिनास गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका अध्यक्ष विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट कांग्रेसका इन्द्र गुरुङले ८०४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मिलनराज श्रेष्ठले ५४२ मत पाए ।

वडा सदस्यमा पनि गठबन्धन नै विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनले ८३१ मत पाउँदा एमालेले ५१८ मत पाए । उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवारले ८२६ मत पाउँदा एमालेका उम्मेदवारले ५१६ भोट पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *