कांग्रेससँग छलफल गरेर संसद सुचारु हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदलाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरुसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउनुपर्ने अडानसहित काँग्रेसले संसदको हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो ।

आगामी वैशाख २८ गतेबाट वर्षे शुरु हुने वर्षे अधिवेशन अघि नै काँग्रेस लगायतका प्रतिपक्ष दलहरुसँग छलफल गरेर त्यो समस्याको समाधान गरेर संसदलाई सुचारु गराउने प्रधानमन्त्री दाहालको भनाई थियो ।

शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो सम्बन्धि समस्या समाधानका लागि सत्तारुढ दलहरुबीच भईरहेको पनि बताए ।

प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुनेगरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिनुपनि पार्टीका सांसदलाई निर्देशन दिनुभएको पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

समाजमा पछि परेको दलित उत्पीडितहरुलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदहरुलाई सुझाव दिनुपर्ने प्रधानमन्त्री दाहालले बैठकमा बताउनु भएको थियो ।

उनले विकास बजेटका लागि अत्याधिक माग भएको उल्लेख गर्दै भएका बजेटलाई समुचित ढंगले वितरण गर्नेगरी सुझाव दिन पनि पार्टीका सांसदहरुलाईसचेत गराउनुभएको पनि प्रमुख सचेतक पाण्डले बताए ।

बैठकमा सांसदहरुले राजश्व चुहावट हुन नदिन र प्राकृतिक स्रोत, साधनको उचित परिचालन गरी राष्ट्रिय आय वृद्धि हुनेगरी नीति, कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *