रुकुमका नवराजलाई सम्झँदै ‘जात व्यवस्थाविरुद्धको विद्रोह दिवस’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ । अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुमका नवराज वि।क।को हत्या भएको दिन पारेर बिहीबार९जेठ १०० गते तेस्रो जात व्यवस्थाविरुद्धको विद्रोह दिवसको रुपमा मनाइएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च नेपाल र नेपाल राष्ट्रिय दलित केन्द्र नेपालले संयुक्त रुपमा जात व्यवस्था विरुद्धको विद्रोह दिवस मनाएका हुन् ।

२०७७ साल जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुममा नवराज वि।क। लगायतका युवाहरू मारिएका थिए । सो दिनलाई यी संघ, सङ्गठनहरूले जात व्यवस्था विरुद्धको विद्रोह दिवसको रुपमा मनाउने गरेका छन् । बिहीबार सोही सन्दर्भमा काठमाडौंको माइतीघर मण्डलामा फोटो प्रदर्शनी तथा र्याली गरिएको छ । फोटो प्रदर्शनीमा जातीय विभेदका कारण मारिनुपरेका दलित समुदायका व्यक्तिहरूको फोटो प्रदर्शनी गरिएको थियो ।

एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले आजको दिन जात व्यवस्था विरुद्धको लडाइँको सन्देश दिन खोजिएको बताए ।

कार्यक्रममा जात व्यवस्था मुर्दावाद, मान्छे मार्न पाइँदैन, जात व्यवस्था चाहिँदैन लेखिएको प्लेकार्डहरूको समेत प्रदर्शन गरिएको थियो भने जात व्यवस्था चाहिँदैन, सम्पूर्ण उत्पीडितहरू एक हौँ, वैज्ञानिक समाजवाद जिन्दाबाद लगायतको नाराबाजी समेत गरिएको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *