रास्वपालाई जनता केन्द्रित गर्ने सभापति लामिछानेको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी स्थापनाका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरे ।

साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिए । सङ्गठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई उनले अनुरोध गरे ।

उपभापति डा स्वर्णीम वाग्ललेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थानविन्दु बनेको बताए ।

पार्टीका महामन्त्री मुकुल ढकालले सङ्गठन विस्तारमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =