विमानको ठक्करबाट रारा विमानस्थलमा एक कर्मचारी गम्भीर घाइते

काठमाडौँ । विमानको ठक्करबाट मुगुस्थित रारा विमानस्थलमा एक कर्मचारी गम्भीर घाइते भएका छन् । उड्ने तयारीमा रहेको सीता एयर विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका हुन् ।

बिहीबार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारीमा रहेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन् ।

भामले विमानका चालकहरूलाई विमान उडान गर्न संकेत गरिरहेका थिए । तर चालकले बोलाएपछि उनी विमानतर्फ जाँदै थिए । त्यहिबेला विमान गुड्न सुरु गरेपछि विमानको अघिल्लो भागले उनलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *