राप्ती गाउँपालिका -९ मा माओवादी विजयी

काठमाडाैँ । दाङमा नेकपा माओवादी केन्द्रले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका -९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका हुन् ।

राप्ती गाउँपालिका वडा नम्बर ९ मा ७१४ मत खसेकामा मगरले ३ सय ५८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १ सय ९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *