दैलेखको नौमुले गाउँपालिका-१ मा काँग्रेस विजयी

सुर्खेत । दैलेखको नौमुले गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका रुपेशकुमार थापा विजयी भएका छन् ।

एमालेलाई निकटतम प्रतिद्वन्द्वीलाई १४ मतअन्तरले हराउँदै थापा विजयी भएका हुन् । थापाले ४०० मत प्राप्त गरेका हुन् भने एमालेले ३८६ मत प्राप्त गरेको थियो ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता बनाइरहेको छ । काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *