अपिहिमालमा गठबन्धनको अग्रता, वडा नम्बर १ काे अध्यक्षमा लोथ्याल विजयी

काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको छ । लोथ्यालले १ सय ८३ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले एक सय ५६ मत ल्याएका थिए । लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।

त्यस्तै, पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोराले दुई सय २ मत ल्याएका छन् । एमालेका धर्मानन्द मन्यालले एक सय २३, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले एक सय ६६ र एमालेकी उर्मीला बोहोराले एक सय २१ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *