कांग्रेसले खोल्यो जितको खाता, नार्पाभूमिमा लामा विजयी

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । नार्पाभूमिको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका हुन् ।

उनले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि अध्यक्ष बने । प्रतिद्वन्द्व स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् । यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो । नार्पाभूमि गाउँपालिका १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *