बाह्रबिसे-१ मा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर १ नेपाली कांग्रेस विजयी भएको छ । सो वडाको अध्यक्ष पदमा कांग्रेसका आङदोर्जे शेर्पाले ४ सय १५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनी प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २ सय २७ मत ल्याएर पराजित भएका छन् । एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि एमाले-कांग्रेसको झडपले लामो समय रोकिएको यहाँको मतदान सर्वदलीय सहमतिपछि शुक्रबार पुनः गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *