नक्कली शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं काँग्रेस नेता आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँमा  र उच्च अदालत पाटनको आदेश बदर गर्दै ३० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

विक्रम भन्ने गोविन्दकुमार चौधरीको हकमा मुद्दा पुर्पक्षको लागि थुनामा नै राख्नुपर्ने सम्मको अवस्था नदेखिएकोले निजलाई मुद्दा पुर्पक्षको क्रममा थुनामा राख्ने गरी उच्च अदालत पाटनको आदेश बदर गर्दै १० लाख धरौटीमा छोड्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।

उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रतिवादीहरूले पुनरावेदन गरेपनि सर्वोच्चले टोपबहादुर रायमाझीसहितका ७ जनालाई भने थुनामै राख्ने आदेश गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *