टोपबहादुरसहित ७ जनालाई थुनामै पठाउने आदेश सर्वोच्चबाट पनि सदर

एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतले पनि सदर गरेको छ।

जिल्ला र उच्च अदालतले थुनामा पठाउन आदेश दिएपछि सर्वोच्चमा थुनामुक्त हुन माग गर्दै उनीहरुले माग गरेका थिए। तर सर्वोच्च अदालतले उनीसहित ७ जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार आदेश दिएको हो।

सर्वोच्च अदालतले एक जनालाई साधारण तारेखमा राख्न र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

जसअनुसार शमशेर मियाँलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ भने आङटावा शेर्पा र गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

यस्तै रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई, सानु भण्डारीलाई भने थुनामै राख्न आदेश भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *