एमाले छाड्ने मनस्थितिमा भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल एमाले छाड्ने मनस्थितिमा पुगेका छन् ।

रावलले एमालेको नेतृत्वको हेपाइले राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका हुन् ।

उनले आफूलाई पार्टीभित्र निषेध गरिएको उल्लेख गर्दै अब नयाँ यात्रामा लाग्ने संकेत गरे । यद्यपि रावलले पार्टी छोडेको घोषणा भने गरेनन् । तर मोड कता लाग्छ भन्ने चाँडै बताउने बताए ।

‘मैले आज एमाले छोड्ने घोषणा गरेको छैन । घुम्तीमा धकेलिएको छ’उनले भने,अब घुम्तीबाट अर्को मोडमा जाँदा कतातिर गइन्छ म भन्छु भनेको छु ।’

रावलले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पनि निषेध गरिएको भन्दै नयाँ घुम्तीमा पुगेको बताए ।

बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै रावलले भने– ‘एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु । हामी सबैलाई थाहा छ– हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौँ भने त्यो अर्को मोडमा मान्छे लाग्छ ।’

उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण पार्टीमा निषेध गरिएको दुखेसो पोखे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *