यही शैलीले पार्टी अघि बढ्न नसक्ने रास्वपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचनको पराजय पछि समग्र पार्टीको स्थापना कालदेखिकै समीक्षा गर्ने भएको छ । शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको समग्र समीक्षा गर्ने निर्णय गरेको हो ।

पार्टी यही शैलीले पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकालेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । उनकाअनुसार पार्टीले अहिलेसम्म गरिरहेका कार्यको पुनर्मूल्यांकन गरिने भएको छ ।

रास्वपाले महामन्त्री ढकाललाई समग्र समीक्षाको जिम्मेवारी दिँदै असार १ गते प्रतिवेदन तयार गरि सचिवालय बैठकमा पेश गर्न निर्देशन दिएको छ । महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गरेर प्रतिवेदन बनाउने भएका छन् ।

महामन्त्री ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ । रास्वपाले वैशाख २९ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक समेत स्थगित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *