वडाअध्यक्षमा गोलाप्रथाबाट एमालेका गुरुङ विजयी

काठमाडाैँ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् ।

शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएका हुन् ।

गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए । गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले र उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *