मैदान बाहिरको ‘स्टन्ट’ र वास्तविक परीक्षा

काठमाडौँ । नेपाली खेलकुद पछिल्लो समय प्रतियोगिता नभएपनि कुनै न कुनै रूपमा चलायमान छ । त्यसो त सधैँ जस्तै खेलकुद राजनीतिले ओलम्पिकदेखि आगामी साफ च्याम्पियनसीप हुँदै एन्फा निर्वाचनसम्मको रोडम्याप तय गरिसकेको छ ।

यो पनि : टिकटदर २ हजार र १ हजार

विशेष गरेर फुटबलमा भएका पछिल्ला गतिविधि हरेक दिनजसो समाचारका शीर्षक बनिरहे । त्यसको पर्दापछाडिका नायकहरू खुल्दै जालान्‚ तर फ्रन्टलाइनमा देखिए नेपाली टीमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्ग ।

यो पनि : छानबिन समितिको निष्कर्ष : प्रशिक्षक अलमुताइरी दोषी

अलमुताइरी प्रशिक्षकका रुपमा नेपाल आएदेखि नै सामाजिक सञ्जालमा व्यस्त देखिए । उनी छोटो समयमा नै सामाजिक सञ्जालमा ‘सेलिब्रेटी’ सरह बने पनि । उनको ‘वान टीम जय नेपाल’ वाला मोटीभले फेसबुकमा राम्रो रेस्पोन्स पनि पायो । नेपाली फुटबल प्रशंसकलाई सम्बोधन गर्ने उनको आईडियाले पनि उनलाई छिट्टै निकट बनायो ।

यो पनि : प्रशिक्षक अलमुताइरीले अन्तर्वातामा बोलेको कुरामा मागे माफी

अलमुताइरीले विश्वकप छनोटका क्रममा नेपाली टिममा गरेको केही प्रयोग र त्यसले देखाएको सम्भावनाका कारण पनि उनीप्रतिको आशा बढ्यो । उनी आएको छोटो समयमै नेपालले बलिया टीमविरुद्ध बलियो गरी ‘फाइट’ गरेको भन्दै उनको प्रशंसा भयो । त्यसो त त्यसअघिका प्रशिक्षकले पनि बलिया टीमलाई नरोकेका भने होइनन् । अघिल्ला प्रशिक्षक योहान कालिनले सीमित अवसरमा मिश्रित नतिजा दिलाएका थिए । उनले दक्षिण एसियाली टीमविरुद्ध अवसर नै लगभग पाएनन् । तर बलियो कुवेतसँग राष्ट्रिय टीमको ‘फूल स्क्वाड’बिना पनि उनले २०१९ को मार्चमा भएको मैत्रीपूर्ण खेलमा इतिहासमै पहिलो पटक बराबरीको नतिजा निकालेका थिए । तर पछि विश्वकप छनोटमा भने नेपाल फराकिलो हार भोग्न बाध्य भयो ।

यो पनि : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

उतारचढावपूर्ण प्रदर्शन गरिरहेको नेपाली टिमको कमान्ड सम्हाल्न आएका अलमुताइरी भने वास्तविक परीक्षाअघि नै सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्दै दर्शकको सहानुभूति बटुल्न सफल भएका छन् । तर‚ उनको वास्तविक परीक्षा आज (बिहीबार) भारतसँगको खेलबाट सुरू हुने छ । किनभने नेपाल आफू समानका प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसीपका रुपमा जहाँ नेपाललाई हारको छुट हुने छैन ।

यो पनि : शेर्पा र नेम्वाङको ईगोमा ‘प्रशिक्षक’

त्यसैले अलमुताइरीका लागि भारतसँगकै मैत्रिपूर्ण खेल हुँदै साफ च्याम्पियनसीपको यात्रा मैदान बाहिरमात्रै अब्बल होकी बास्तबिक क्षमतामा पनि भन्ने परीक्षाका रुपमा रहनेछ । साफ च्याम्पियनसीपमा सफलता दिलाए उनले नेपाली दर्शकसामु थप ‘स्टन्ट’ गर्न छुट पाउने छन् । तर असफलता हात परे‚ नेपाल छाड्नुपर्ने दबाब स्वत: नै बढ्नेछ । हुन त‚ छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएलगत्तै उनले फेसबुकमा ‘म जाँदैछु‚ राजनीतिलाई काम गर्न दिऊँ’ लेखेकै छन् । तर‚ त्यस्तो स्टाटस लेखेर पनि उनी प्रशिक्षणमा व्यस्त बने । र‚ नेपाली टिमका कप्तान किरण लिम्बुले भनेजस्तो टिमलाई बाको जस्तो व्यवहार र हौसला दिइरहे ।

यो पनि : नेपाल-भारत फुटबल : ८ वर्षपछि नेपाललाई अवसर

भारतसँगको खेल नेपाली टिमको त हुँदै हो, त्यसभन्दा बढी अल्मुताइरीको परीक्षाको खेल पनि हो ।

याे पनि : दुवै टीमको जित्ने दाबी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *