राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले नेपाल फुटबल संघ एन्फासमक्ष राजीनामा दिन लागेको जानकारी गराएका हुन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् ।

उनले नेम्वाङ्गले पछिल्ला तीन हप्तामा आफूविरुद्ध नाटक गरेको आरोप लगाएका छन् । उनले नेम्वाङलाई मेन्सन गर्दै भनेका छन्‚ ‘आशा गर्दछु कि अब तपाईं खुसी महसुस गरिरहनुभएको होला ।’

गत चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्ताव अनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

One thought on “राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

  1. कुन चै पार्टी को झोले हो यो !! नेपाल र नेपाली खेल जगत को भलो गर्न नदिनु !! जसको के झोला बोकी आ एको थिस तेती जा @PANKAJ NEMBANG JHOLE

Leave a Reply

Your email address will not be published. Required fields are marked *