नेपाल-भारत फुटबल : टिकटदर २ हजार र १ हजार

काठमाडौँ । नेपाल र भारतबीच बिहीबार हुने मैत्रीपूर्ण खेलको टिकटदर निर्धारण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलका लागि टिकटको मूल्य भीआईपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार राखेको हो । खेल साँझ ५:३० मा शुरु हुनेछ ।

यो पनि : नेपाल-भारत फुटबल : नेपाली रेफ्रीले खेल संचालन गर्ने

एन्फाले सरकारसँग कडा कोभिड सुरक्षा अपनाउने भन्दै ५१ सय दर्शकलाई मैदान प्रवेशका लागि अनुमति लिएको थियो । खेल हेर्नका लागि कोरोनाविरुद्धको दुवै खोप लगाएका अथवा पीसीआर परीक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने एन्फाले जनाएको छ ।

यो पनि : नेपाल-भारत फुटबल : दर्शकलाई प्रवेश दिइने

यसअघि सन् २०१५ मा विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाल र भारतबीच दशरथ रंगशालमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला दुवै टीमले गोलरहित बराबरी खेलेका थिए ।

यो पनि : ८ वर्षपछि नेपाललाई अवसर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *