नेपाल-भारत फुटबल : दुवै टीमको जित्ने दाबी

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टीम र भारतीय टीमले मैत्रीपूर्ण खेलमा सकारात्मक नतिजा आउने विश्वास गरेका छन् ।

काठमाडौँमा बुधबार आयोजना भएको प्री-म्याच कन्फरेन्समा दुई टीमका प्रशिक्षक तथा कप्तानहरूले निकै मिहेनतका साथ खेल खेल्ने बताएका हुन् । प्री-म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए । भारतविरुद्धको दुई खेलका लागि टिम तयार रहेको र मज्जा लिएर खेल्ने उनले बताए ।

यो पनि : नेपाल-भारत फुटबल : नेपाली रेफ्रीले खेल संचालन गर्ने

आसन्न साफ च्याम्पियनसिपका लागि यो दुई खेल महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले जब टिमले राम्रो तयारी गरेको हुन्छ, त्यहिअनुसारको नतिजा आउनेमा विश्वस्त रहेको बताए ।

यस्तै कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेल नेपालका लागि एक महिनापछि हुने साफको तयारीमा राम्रो सहयोग पुग्ने बताए । नेपाली टिमका लागि भारतविरुद्ध खेल्न पाउनु निकै राम्रो अवसर रहेको र यसले खेलाडीमा आत्मविश्वास पनि थप्ने उनको भनाइ छ ।

यो पनि : नेपाल-भारत फुटबल : दर्शकलाई प्रवेश दिइने

प्री-म्याच कन्फरेन्समा भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग उसकै मैदानमा खेल्नु आफ्नो टिमका लागि चुनौती भएको बताए । नेपाली टिममा पनि राम्रो खेलाडी रहेको र त्यसबाट भारत पनि सजग भएको उनले उल्लेख गरे । नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने क्षेत्रीले बताए ।

त्यस्तै भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले आफ्नो खेलाडीले प्रशिक्षणमा निकै मिहेनत गरेको र आफूले खेलाडीहरूबाट राम्रो नतिजाको अपेक्षा राखेको बताए । यसैबीच नेपाल र भारतबीचको दुईवटा मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । प्री-म्याच कन्फरेन्समा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने जानकारी दिए । रंगशालामा कुल पाँच हजार एक सय जानलाई सामाजिक दुरी कायम गरेर राख्ने उनले बताए ।

यो पनि : ८ वर्षपछि नेपाललाई अवसर

नेपाल र भारतले ६ वर्षपछि एक आपसमा खेल्न लागेका हुन् । दुवै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् । नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५:३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

यो पनि : काठमाडौँ आइपुग्यो भारतीय फुटबल टिम (तस्बिरहरू)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *