काठमाडौँ आइपुग्यो भारतीय फुटबल टिम (तस्बिरहरू)

काठमाडौँ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न भारतीय राष्ट्रीय फुटबल टिम काठमाडाैँ आईपुगेकाे छ। नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतले सुनिल क्षेत्रीकाे कप्तानीमा २५ सदस्यीय टिम घोषणा गरेको थियो । त्यहि टिम साेमबार काठमाडौँ आइपुगेकाे हो । भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछन्।

साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुँदैछ । नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको छ । नेपाल र भारतबिच पछिल्लोपटक सन्  २०१८ को विश्वकप छनोटमा खेलेका थिए । त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *