एशियन गेम्सका ८ नेपाली कराते खेलाडी ढाकामा दक्षिण एशियाली च्याम्पियनसिप खेल्दै

काठमाडौँ । आगामी २० औँ एशियन गेम्स खेल्ने नेपालका आठ खेलाडीले बंगलादेशमा हुने दसौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् ।

बङ्गलादेशको राजधानी ढाकामा जुलाई १५ देखि १९ तारिखसम्म दक्षिण एशियाली च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपमा एरिका गुरुङसहित राष्ट्रिय टोलीका आठ खेलाडी गरी कुल ८० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जापानमा हुने २०औँ एशियन गेम्समा फाइटतर्फ आठ खेलाडी र कातामा तीन खेलाडी चुनौती प्रस्तुत गर्ने तय छ ।

फाइटमा एरिका गुरुङले महिला ६८ केजीमुनी, निरुपा दोङ तामाङले महिला ६१ केजी मुनि, राकेश मानन्धरले पुरुष ५७ केजीमुनी, मीनबहादुर तामाङले पुरूष ६० केजीमुनि र तेन्जिङ शेर्पा ८० केजीमाथि तौलसमूहमा खेल्दैछन् । ढाकामा हुने च्याम्पियनसिपमा पनि पाँचै खेलाडीले यही तौल समूहमा खेल्ने प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।

कातातर्फमा सानुमाया थिङले टिमरएकल काता खेल्न प्रशिक्षक मण्डेकाजी श्रेष्ठले बताए । टिम कातामा एलिशा रास्कोटी मगर र मेघा लिम्बू पनि छन् । एसियन गेम्स पनि यी तीनैले कातामा प्रतिस्पर्धा गर्ने तय छ ।

दसौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा नेपालबाट तीन वटा उमेरसमूह यु–१४, यु–१२ र यु–१० मा गरी २५ खेलाडीले खेल्नेछन् । नेपाल आठौँ र सातौँ संस्करणमा च्याम्पियन हो । पछिल्लो संस्करण उपविजेता भएको थियो । यस प्रतियोगिताका लागि नेपाली टोली बुधवार त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा आयोजित कार्यक्रममा राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहताले सफलताको शुभकामना दिँदै बिदाई गरेका थिए । बिदाइ कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्यसचिव युवराज लामा, नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङलगायत करातेका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

टोलीमा महासंघका अध्यक्ष युवराज लामा, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष दावा गुरुङ, टोली प्रमुख महेन्द्र सिंह, टोली व्यवस्थापक प्रेमलाल बोम्जनसहित प्रशिक्षक, अफिसियल र विभिन्न उमेर समूहका ८० खेलाडी सहभागी रहेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक तथा पदाधिकारीसहितको टोली सहभागी हुने भएको हो । टोलीमा विभिन्न तौल समूहका पुरुष तथा महिला खेलाडीसँगै प्रशिक्षक र अफिसियलहरू पनि समावेश छन् ।

नेपालले यस प्रतियोगितामा काता र कुमिते दुवै विधामा प्रतिस्पर्धा गर्नेछ । दक्षिण एसियाका उत्कृष्ट खेलाडीहरू सहभागी हुने प्रतियोगितामा नेपालले पदक संख्या बढाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =