विश्वकप खेल्ने इजिप्टको राष्ट्रिय फुटबल टोली राष्ट्रपतिद्वारा सम्मानित

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सन् २०२६ को फिफा विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको भन्दै शनिवार राष्ट्रिय फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई सम्मान गरेका छन् ।

न्यु अलामेन शहरमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति सिसीले टोलीलाई ‘मेरिट कप’ र विभिन्न मानपदवी प्रदान गरेका हुन् । टोलीले प्रतियोगिताका क्रममा प्रदर्शन गरेको उत्कृष्ट प्राविधिक कौशल, दृढता, अनुशासन र साहसिक खेलको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सिसीले खेलकुद केवल जित र हारमा मात्र सीमित नहुने धारणा व्यक्त गरे ।

सन् २०२६ को विश्वकपमा इजिप्ट पहिलो पटक प्रतियोगिताको अन्तिम १६ (राउन्ड अफ १६) सम्म पुग्न सफल भएको थियो । ३२ औँ चरणको खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले यो ऐतिहासिक सफलता प्राप्त गरेको हो ।

यसै संस्करणको समूह चरणको खेलमा न्युजिल्याण्डलाई ३–१ ले हराउँदै इजिप्टले विश्वकपको इतिहासमा आफ्नो पहिलो जित समेत दर्ता गरेको थियो । इजिप्टको विश्वकप यात्रा जुलाई ७ मा एटलान्टामा साविक विजेता अर्जेन्टिनासँगको प्रतिष्पर्धापछि टुङ्गिएको थियो ।

अत्यन्तै रोचक सो खेलमा इजिप्टले शुरुवाती २–० को अग्रता लिए पनि खेलको अन्तिम समयमा तीन गोल व्यहोर्नुपर्दा ३–२ को हार व्यहोर्न पुगेको थियो । अर्जेन्टिनाले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित हात पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =