राजनीतिक प्रतिवेदन फिर्ता लिन अध्यक्ष दाहालमाथि बढ्न थाल्यो दबाब !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युाष्टि पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन फिर्ता गर्नुपर्ने दबाब बढ्न थालेको छ । खासगरी नेकपा सचिवालयभित्र अल्पमतमा परेपछि असन्तुष्ट समूहको फन्दामा परेका प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले अर्का अध्यक्ष दाहालले शुक्रबारको सचिवालय बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन फिर्ता गराउन दबाब दिन थालेका हुन् ।
प्रधानमन्त्री निकटका नेताहरुले अध्यक्ष दाहालले कुनै पनि हालतमा प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राखिरहेका छन् । खासगरी सांसद गोकुल बाँस्कोटा, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य सूर्य थापले सार्वजनिक रुपमै अध्यक्ष दाहालले आफ्नो प्रतिवेदन फिर्ता लिनुपर्ने तर्क गरेका छन् ।
प्रधानमन्त्रीको कमीकमजोरीहरुलाई औंल्याइएको उक्त प्रतिवेदनले पार्टी एकतालाई गम्भीर मोडमा पर्याएको कतिपय प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।
प्रतिवेदनमा अध्यक्ष दाहालले ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, गुटबन्दी गरेको, व्यक्तिवादी भएको, एकाधिकारवादी सोच बनाएकोलगायतका आरोपहरु लगाएका छन् ।
- Related News:
1, सूर्य थापा लेख्छन्–‘प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्छ, यो तथ्यको नाङ्गो भ्रष्टीकरण हो’
2, शंकर पोखरेललाई दीपशिखाको जवाफ–‘प्रचण्डलाई प्रस्ताव फिर्ता लिनु भन्नु अराजनीतिक र असाङ्गठानिक कुरा हो’
3, प्रचण्डलाई शंकर पोखरेलको प्रस्ताव–‘ओलीविरूद्धको एकल प्रस्ताव फिर्ता लिनुस्, एकताको मर्मअनुरुप छलफल बढाउनुस्’
4, ‘पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने उल्टो व्यवहार भयो’–प्रचण्ड [पूर्णपाठ]
5, बामदेव गौतमको वारी पारी, कसको पल्ला भारी ?
6, ‘आज पनि निष्कर्षमा पुग्नुभएन भने प्रधानमन्त्रीलाई पार्टीले पर्खिँदैन’
7, बैठकअघि दाहाललाई ओलीको जवाफ–‘तपाईँहरुले गुटबन्दी गरिरहनुभएको छ’
8, होलान् बामदेव गौतम सरकारमा सामेल, होला सचिवालय बैठक ?
9, नेकपा विवाद: यसकारण सहज छैन सचिवालय बैठक








