राजनीतिक प्रतिवेदन फिर्ता लिन अध्यक्ष दाहालमाथि बढ्न थाल्यो दबाब !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युाष्टि पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन फिर्ता गर्नुपर्ने दबाब बढ्न थालेको छ । खासगरी नेकपा सचिवालयभित्र अल्पमतमा परेपछि असन्तुष्ट समूहको फन्दामा परेका प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले अर्का अध्यक्ष दाहालले शुक्रबारको सचिवालय बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन फिर्ता गराउन दबाब दिन थालेका हुन् ।

प्रधानमन्त्री निकटका नेताहरुले अध्यक्ष दाहालले कुनै पनि हालतमा प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राखिरहेका छन् । खासगरी सांसद गोकुल बाँस्कोटा, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य सूर्य थापले सार्वजनिक रुपमै अध्यक्ष दाहालले आफ्नो प्रतिवेदन फिर्ता लिनुपर्ने तर्क गरेका छन् ।

प्रधानमन्त्रीको कमीकमजोरीहरुलाई औंल्याइएको उक्त प्रतिवेदनले पार्टी एकतालाई गम्भीर मोडमा पर्याएको कतिपय प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।

प्रतिवेदनमा अध्यक्ष दाहालले ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, गुटबन्दी गरेको, व्यक्तिवादी भएको, एकाधिकारवादी सोच बनाएकोलगायतका आरोपहरु लगाएका छन् ।

प्रतिक्रिया