प्रकृतिमाथिको मानवीय स्वार्थले निम्तिएको विनाश (फोटो कथा)

काठमाडौँ । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो ।

हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन गर्न मानिसले बिर्सिसके । तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समयानुकूल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरूपलाई सबैले मन पराउँछन् ।

समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारूप हो । तर प्रकृतिको दोहन बिस्तारै बढिरहेको छ । उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानव सभ्यता सङ्कटमा पर्न थालेको छ । पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकूल वातावरण दिन भनेर अनेक प्रतिबद्धता भएका छन् । ‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन ।

जबसम्म मानिस प्रकृतिसँग निकट रहेर प्रकृति संरक्षण गर्दै आफ्नो जीवन निर्वाह गर्दथे, तबसम्म प्रकृति कुपित भएको थिएन । आजभोलि प्रकृति कुपित छ- बेसमयमा बाढी पहिरोको चपेटामा मानव समुदाय परिरहेको छ । विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो ।

हेरौँ, प्रकृति दोहनका यी तस्बिर :-

प्रदूषित बागमती ।
धोविखोलाको प्रदूषण ।
देविचौर बन क्षेत्रमा अवैध खानीले ढुंगा उत्खनन गरेपछि ।
मध्यपुर ठिमीको दुई पोखरीको फोहोर पानी ।
कान्तिलोकपथको काल्चेमा उडेको धुलो ।
नख्खु कोरिडोर निर्माणपछि कुलोमा परिणत खोला ।
ललितपुरको एक इँटा भट्टामा उडेको धुलो ।
ढुकुछापमा बालुवा निकालेपछि ।
धुलिखेलमा पहाड खोतल्दै डोजर ।
झरुवाराशीको इँटा भट्टाले माटो निकालेपछि
फर्सीडोल बस्ती र इँटा भट्टा ।
बडिखेलको जग्गा प्लटिङ र बर्से झरीपछि पहिरो ।
चापागाँउमा डाँडा भत्काएर प्लटिङ गरिँदै
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *